What's New Here?

Showing posts with label chaso. Show all posts

हलमै नलागी किन राघव युट्युबमा आयो

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सम्भाबना भएका नायकका रुपमा हेरीएका बेला अचानक अमेरिका पलायन भएका नायक राजबल्लभ कोइरालाले निर्माण गरेको चलचित्र राघब चलचित्र हलमा प्रदर्शन नभइ अचानक सामाजिक संजाल युब ट्युबमा आए पछि नेपाली चलचित्र बजारमा यसको चर्चा हुन थालेको छ ।

पोखराबाट चलचित्र क्षेत्रमा सपना देखेर कलिउड नगरी काठमाडौं  भित्रिएका राजबल्लभले अमेरिका पलायन भएपनि चलचित्र निर्माण गरेको कुराले खुसी भएका नेपाली चलचित्र प्रेमी उनको चलचित्र यु ट्युबमा सार्वजनिक भएपछि आश्चर्यमा परेका छन् ।

राजबल्लभ फिल्मस् र प्लानेट थ्रि फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र राघबलाई केहि समय अघि अमेरीका र अस्टेलीयामा प्रदर्शन गरीएको थियो । चलचित्रले च्यारीटीहरुमा समेत दर्शकको मन जित्न सकेको थिएन ।

अब कारणको खोजी गरौं किन चलचित्र हलमा नआउ“दै समाजिक संजालमा आयो त ? आफुलाई नेपाली चलचित्रको समिक्षक बताउने केही व्यक्तिले अहिले युबट्बले राम्रो पैसा दिन भएकाले राघब हलमा नआएको बताउने गरेका छन् । करोड बढी  पैसा खर्च गररे निर्माण गरिएको चलचित्र हर्ने दर्शकको प्रति भ्यु अति कम पैसा दिने युब ट्युबको रकमले निर्माता सुरक्षीत हुन्छन् भन्नु आमाको दुध खान छोडेर बाबुको घ“ुडा चुसौं भने जस्तै मात्र हो ।

त्यस माथि पनि चलचित्र अपलोड गरीएको तेस्रो दिनसम्ममा जम्मा १२ हजार भन्दा बढी पटक हेरिएको छ ।  मिडिया हाइपका बीच पनि राघबको अनलाईन भ्यु कमजोर छ । मिडिया हाइपलाई मध्यनजर गर्दा यो भन्दा त हलमा समेत राम्रो ब्यापार गरेको चलचित्र कबड्डीले युबट्बबाट राम्रो कमाई गर्ने निश्चित छ । चलचित्र कबड्डीलाई दुई हप्तामा चार लाख ३६ हजार पटक भन्दा बढि हेरीएको छ । विना पैसा मै भए पनि दर्शक राम्रो चलचित्र हेर्न चाहन्छन् । चलचित्र राघब यसरी सार्बजनिक हुनुको एउटा मात्र कारण हो । आफ्नो चलचित्रप्रति निर्माता निर्देशक तथा कलाकाहरुलाई बिश्बास नहुनु ।

चलचित्रको निर्माण युनिटलाई नै आफ्नो चलचित्रप्रति बिश्वास छैन भने त्यसमा जोडीन आएका बितरक, हल संचालक, संचारकर्मी अनि दर्शकलाई त्यो चलचित्र प्रति कसरी विश्वास हुन्छ ?

राजबल्लभका केहि चलचित्र सफल भए पनि अधिकांश चलचित्र असफल रहे । र उनले नेपाली चलचित्रमा फेरी एउटा नया“ अध्ययको सुरुवात गराइदिएका छन् । युबट्बमा चलचित्र रिलीज गर्ने ।

राजबल्भको पछिल्लो कदमलाई लिएर नेपाली चलचित्रवृत्तमा विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन् । केहीले सकारात्मक र स्वभाविक रुपमा लिए पनि व्यवसायीकतालाई जोडेर हेर्ने निर्माता निर्देशकहरुले भने नेपाली चलचित्र उद्योगलाई नकारात्मक प्रभाव पार्ने भन्दै टिप्पणी गरेका छन् ।

नेपालमा चलचित्र हलमा प्रदर्शन भएको एकवर्षपछि इन्टरनेट अधिकार लिएको कम्पनीले मात्र चलचित्र रिलिज गर्ने चलन छ । तर, राघव रिलिजपछि भने राजबल्लभ कोइरालाको ख्याति र प्रतिष्ठालाई लिएर पनि टिकाटिप्पणी भइरहेको छ । 

बिदेशमा रहेका रहरे कलाकार उठाएर चलचित्र निर्माण गरी नेपाली चलचित्र धरासायी बनाउनेहरुको झुण्डलाई मात्र यो काइदा राम्रो हुन सक्छ । तर, नेपाली चलचित्रको बिकास चाहानेका लागि यो एउटा नमिठो बिडम्बना हो । भारतीय चलचित्र पि के ले नेपालकै हल बाट २ करोड भन्दा माथिको ब्यापार गरिरहेका बेला नेपाली स्टार राजबंल्भको चलचित्र राघब युट्युबमा आउनुलाई एउटा संयोग र पिडा मात्र भनेर बुझ्नु पनि गलत हुन सक्छ ।

चलचित्र हेर्नुस्

हलमै नलागी किन राघव युट्युबमा आयो

Posted by Nepal News No comments

आइजीपीविरुद्ध फेसबुकमा लेख्दा डीएसपी निलम्बित

काठमाडौं । सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक/ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।

फेसबुक प्रयोगमै सतर्कता नअपनाउ“दा सशस्त्र प्रहरी बलका एक डीएसपी निलम्बनमा परेका छन् । आइजीपीको कामको आलोचना गरेर फेसबुकमा ‘कमेन्ट’ लेखेको आरोपमा सशस्त्रका डीएसपी नानीराम हुमागाईलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको नया“ पत्रिकामा खबर छ ।

फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । डीआईजी दिवाकार केसी संयोजकत्वमा छाननिबन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नया“ संयोजक बनाएर छानबिन गर्न लागिएको छ ।  

भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउन पाइने

काठमाडौं । विदेशी दम्पतीले भाडाकी आमा (संरोगेट मदर) ल्याएर नेपालका अस्पतालमा बच्चा जन्माउन पाउने भएका छन् । सरकारले बच्चा चाहने आमाबाबु र भाडाकी आमा तीनैजना विदेशी भए नेपालका अस्पतालहरुले सो सेवा दिन सक्ने गरी नीति ल्याएको छ । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको राजधानीमा खबर छ ।

सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । यसका साथै सो नीतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई सोही मापदण्डभित्र आउने अस्पताललाई यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।

नेपालमा सरोगेसीसम्बन्धी कुनै प्रकारको कानुनी प्रावधान नभए पनि विदेशी नागरिकहरु नेपाल आएर केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य खुलेपछि सरकारले त्यसलाई कानुनी मान्यता दिएको हो । विभिन्न देशबाट सरोगेट आमा ल्याएर बच्चा जन्माउ“दा फर्कने बेला समस्या भएपछि नेपाल सरकारले त्यसलाई कानुनी बाटो बनाइदिन सम्बन्धित देशका राजदूतहरुले आग्रह गरिरहेका थिए । सोही आग्रहलाई मध्यनगर गर्दै नेपाल सरकारले सन्तान जन्माउने विदेशी भए उनीहरुले भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउने अधिकार दिएको हो ।

पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु

अहिले एकदमै चर्चाको विषय बनेको छ सामूहिक बलात्कारको एउटा केस। पीडित पूजा बोहराले कानुन मन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै लेखेको पत्र कान्तिपुर दैनिकमा ‘मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’ शीर्षकमा छापिएपछि यो विषय राष्ट्रिय बहसमा आएको छ। २०६९ फागुन २२ गते बैतडी जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय दिएको फैसला २०७१ वैशाख १५ गते पुनरावेदन अदालत महेन्द्रनगरले उल्ट्याइदियो। अहिले सारा मानिस फैसला उल्ट्याउनेहरुलाई गाली गर्नमा व्यस्त छन्। खासमा के कस्ता आधार दिएर पुनरावेदन अदालतले फैसला उल्ट्याएको हो? अनि जिल्ला अदालतले चाहिँ के कति आधारमा दोषी ठहर गरेको थियो त? सतही तवरमा भन्दा गहिराइसम्मै पुगेर विश्लेषण गरौँ न भन्ने लागेर साथी रविराज बराल र मैले दुवै अदालतले गरेका फैसलालाई तुलनात्मक रुपमा अध्ययन गर्‍यौँ। हामीले के पायौँ, पहिलोपोस्टमा लेखेका छौँ- पूजा बोहरा बलात्कार कान्ड : किन उल्टियो फैसला ? दुवै फैसलाका आधार तथ्य र प्रमाणमा भन्दा पनि भावनामा बहकिएको देखेर अचम्मै लाग्यो। अनि यो प्रकरणको यति फितलो अनुसन्धान गरिएको छ कि दोषी भनिएकाहरुले उम्कन पर्याप्त आधार पाउँछन्। प्रयोगशालाको रिपोर्टलाई दह्रो प्रमाणका रुपमा पेश गर्न पनि नसक्ने अनुसन्धान निकायप्रति कसैको ध्यान गएको छैन। सबको ध्यान उल्टाउने फैसलाप्रति मात्र गएको छ। प्रमाणै कमजोर रुपमा प्रस्तुत गरेपछि फैसला गर्नेलाई पनि सजिलो हुन्छ भन्नेतिर सोच्न खासै फूर्सद भएको देखिन्न। बरु यो चिट्ठी पढेर बाबुरामले डाँको छोडेर रोएको, ठाउँठाउँमा र्‍याली निस्केका खबरमा धेरैको चासो छ।
यत्तिकै रुपमा यो केस सर्वोच्च जाने हो भने पीडितको पक्ष बलियो हुने देखिन्न। पत्रिकामा छापिएको पत्र र कानुन मन्त्रीले न्याय दिन्छु भनेर भनेको भरमा सर्वोच्चले भावनामा बहकिएर फैसला गर्ने हो भने बेग्लै कुरा तर पुनरावेदनको फैसलाले प्रमाणका विषयमा उठाएका प्रश्नहरुले अनुसन्धान गर्ने निकायबाटै कमजोर रुपमा यसलाई अदालतसम्म पुर्‍याइएको प्रष्ट देख्न सकिन्छ।
जिल्ला र पुनरावेदनको फैसला अध्ययन गर्दा जुहारी चले जस्तो लाग्दो रहेछ। कक्षामा तरवार बलियो कि कलम बलियो भन्ने पक्ष र विपक्षमा तर्क गरे जस्तै। जिल्ला अदालत प्रतिवादीहरुलाई दोषी ठहर गराउने भावनामा बहकिए झैँ लाग्छ, पुनरावेदन चाहिँ दोषमुक्त गराउने भावनामा। मान्नुपर्ने र लिनु पर्ने आधार प्रमाणलाई हो, तर यहाँ त्यसैको कमि देखिन्छ।
जिल्ला अदालतको फैसला भन्छ- ‘जबर्जस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीलाई पूर्ण समर्थन हुने गरी पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट अनुसार पीडितको योनीमा दुई वटा औँला सजिलै प्रवेश हुने गरी योनी द्वार खुला भएको…समेतबाट पीडितलाई जबरजस्ती करणी भएको तथ्यमा कुनै विवाद देखिएन।’
अनि पुनरावेदन पनि के कम, उसको फैसलामा यस्तो भनिएको छ-’योनीमा दुई वटा औँला सजिलै प्रवेश हुने गरी योनीद्वार खुला भएको भन्ने कारणले जबर्जस्ती करणी भएको आधार बन्न सक्दैन। एउटी उमेर पुगेकी महिलाको योनीमा दुई औँला प्रवेश गर्न सक्ने अवस्था जबरजस्ती करणीले मात्र हुनसक्छ भन्ने तर्क र अनुमान न्यायोचित हुँदैन।’
हेर बिजोग, यहाँ एउटी बलात्कृत युवतीको कुरा भइरहेको छ। न्यायाधीशहरु भने योनीमा प्रवेश हुने दुई वटा औँलाको प्राविधिक विवादमा अल्झिएका छन्।
कट्टुमा भेटिएको शुक्रकिट र रौँ कसको?
यसमा म अनुसन्धान गर्ने निकायको गम्भीर गल्ती देख्छु। पीडितले घटना भएको समयमा लगाएको लुगामध्ये कट्टुमा Human sperms cell found (मानव शुक्रकिट भेटिएको) र रौँहरु भेटिको भनेर केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट लेखिआएको रहेछ।

जिल्ला न्यायाधीश हिमालयराज पाठकले आफ्नो फैसलामा प्रतिवादीहरुको शुक्रकिट र रौँहरु भेटिएको ठहर गरेका छन्। अनि पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीले भने ‘ती मानव शुक्रकिट र रौँहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी भएको नदेखिँदा रिपोर्टले नबोलेको तथ्यलाई अदालतले आफैले अनुमान गरी उक्त मानव शुक्रकिट र रौँहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी गर्ने अवस्था रहँदैन’ भनेको छ।
भो अब ? जिल्लाले अनुमानको भरमा यो प्रतिवादीहरुको हो भनेको भए पुनरावेदनले पनि अनुमानकै आधारमा होइन भनेको त हो नि। फैसला गर्दा यस्ता अनुमानलाई आधार बनाउने कि प्रमाणलाई ? त्यो शुक्रकिट र रौँ कसको भनी डिएनए रिपोर्ट पेस गरिदिए त दुई अदालतले अनुमानको खेती नै गर्नुपर्ने थिएन नि।
अझ पुनरावेदनले यस्ता यस्ता तर्क पनि गरेको छ- ‘अरुहरुले पनि सामूहिक बलात्कार भएको भनी उल्लेख भएबाट निजको सो भनाई आधारमा कट्टुमा देखिएको मानव शुक्रकिट र रौँ यिनै प्रतिवादीहरुको हो भनी अनुमान गरी भन्न सक्ने अवस्था रहेन।’
अहिले न्याय परिषद्ले कारबाही गर्नै लाग्यो भनेर हल्ला मच्चाइए पनि, न्यायाधीशलाई तथानाम गाली गरे पनि पुनरावेदनले रिफरेन्स दिई दिई फैसला गरेकोले कम आँक्न पक्कै सकिँदैन। एउटा रिफरेन्स दिइएको छ सागरप्रसाद श्रेष्ठ विरुद्ध श्री ५ को सरकार मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसला जसमा भनिएको छ, मानिसको स्खलित वीर्य गुप्ताङ्गमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरुकै हो भनी यकिन ठहर गर्न न्यायोचित नदेखिने।
फितलो अनुसन्धान, कमजोर केस
अनुसन्धान गर्ने निकाय अर्थात् प्रहरीले गरेको फितलो अनुसन्धान, अदालतसम्म पीडितको एउटै व्यहोराको बयान जानु पर्नेमा फरक फरक रुपमा प्रस्तुत हुन नदिन सरकारी वकिलले लिनुपर्ने अग्रसरता र सावधानी नदेखाएको जस्ता कारणले केस कमजोर बनेको देखिन्छ।

एउटा मुख्य कमजोरी नै पीडितको बयानमा भिन्नता हो। सुरु जाहेरीदेखि अदालतसम्म र अझ पछिल्लो समयमा कान्तिपुरमा प्रकाशित पत्रसम्म पनि बयान फरक फरक देखिन्छ।
सुरु जाहेरी दरखास्तमा दिउँसो १२ बजे गेसपेपर किन्ने क्रममा फोटो स्टुडियोमा विभिन्न किसिमको औषधी सुईको प्रयोग गरी अचेत अवस्थामा पारी सामूहिक बलात्कार गरेको उल्लेख छ।
प्रहरीले अनुसन्धान सकाएपछि सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाको मुख्य अभियोगपत्रमा पनि ‘सागर भट्ट र अमरराज अवस्थीले डरत्रासमा पारी बेहोस बनाउने सुई दिई बलपूर्वक पसलभित्र लगी खटियामा पल्टाई पीडितलाई सामूहिक रुपमा पालैपालो गरी जबर्जस्ती करणी गरेको’ उल्लेख थियो।
तर महिला विकास अधिकृतलाई सम्बोधन गरी लेखिएको निवेदनमा दुई जनाले बलात्कार गर्दा आफू अचेत भएकीले अन्य पनि व्यक्तिहरुबाट आफूू बलात्कृत हुन सक्ने वा आफूलाई अरु थाहा नभएका व्यक्तिसमेत थप भई बलात्कार गरेको हुनसक्ने भनेका रहेछन्।
यसभन्दा बिल्कुल फरक बकपत्र दिइन् उनले जिल्ला अदालतमा। त्यहाँ उनले फोटो स्टुडियोको खाटमा होइन, आफू बस्दै आएको घरको कोठामा आएर खुट्टा र पाखुरामा सुई लगाएर जबर्जस्ती गरेको भनिन्। जिल्ला अदालतको फैसलामा उल्लेख उनको बकपत्रको सारांश यस्तो छ-
२०६८ चैत ९ गतेको दिन गेस पेपर किन्न सागर भट्टको पसलमा जाँदा विभिन्न किसिमका गेसपेपर हेर्दा खेरी अबेर भयो। मैले सागर भट्टसँग पानी मागी एक गिलास खाएँ। त्यहाँ अमरराज अवस्थी बसिरहेको थियो। मैले पानी खाइसकेपछि टाउको दुख्यो, रिङ्गटा लागे जस्तो भयो। त्यहाँबाट दिदीको घरमा गएँ। घरमा जाँदा आधी बाटोसम्म ती दुवै जना मेरो पछि पछि लागे मलाई मतलब भएन। म छ बजे घर पुगेँ। दिदीले खाना पकाउनु भयो र मैले खाना खाएँ। रिङ्गटा झन् झन् बढ्न थाल्यो। दिदीको छोरी म सँगै सुत्ने भएकीले मैले ढोका लगाइनँ। म सिरकमा गुटमुटिएर सुतिराखेको थिएँ। त्यही बेला मेरो कोठाभित्र १०:३० बजे यी दुवै जना प्रतिवादी सागर भट्ट र अमरराज अवस्थी आएर सिरानीले मेरो मुख च्याप्यो। त्यसपछि सुई खुट्टा र दायाँ पाखुरामा घोच्यो। अनि दुवै जनाले मलाई के के गर्‍यो, त्यो बेला थाहा भएन। राति साढे ११/१२ बजेतिर निद्रा खुलेपि यी दुवै जना प्रतिवादीहरु बाहिर गइराखेका थिए। मैले आफ्नो जिउ हेर्दा खेरी बायाँ गालामा निलडाम थियो। आफूले अनुभव गर्दा जिउ तलमाथि दुवैतिर दुखेको थियो। मैले लगाइराखेको लुगाहरु फेरिएका थिए। भित्रपट्टी कट्टु र गन्जी थिएन
कान्तिपुर दैनिकमा छापिएको कानुन मन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा भने पीडितले आफूलाई सोडापानी खुवाएपछि रिङ्गटा लागेको र ट्वाइलेटमा जाँदा त्यहीँभित्रै सामूहिक बलात्कार गरिएको बताएकी छिन्।
उनका फरक फरक बयानले यस्ता प्रश्न उब्जाउँछन्-
बलात्कार भएको ठाउँ कहाँ हो ? फोटो स्टुडियोमा कि त्यहाँको खाटमा कि ट्वाइलेटमा ? कि उनी बस्दै आएको घरको कोठामा ?
सुई दिएको हो कि पानीमा नशालु पदार्थ मिसाएको ?

केस कमजोर बनाउने बयान
अदालतमा पीडितले आफूलाई बलात्कार गरिएको ठाउँका रुपमा आफू बस्दै आएको जुन घरको कोठा बताइन्, त्यो घर उनकै दिदी कमला विष्टको थियो। कमलाले गरेको कागज र अदालतमा गरेको बकपत्रले पनि केस कमजोर बनाउन मद्दत गरेको छ। पीडितले असामान्य हर्कत गर्न थालेपछि झारफुक गर्न हात बाँधेर राखेको उल्लेख भएको छ। अनुहारमा लागेको चोट झाँक्रीका कारण भएको हुनसक्ने अनुमान पनि त्यही भएर पुनरावेदनले गरेको छ।

‘बजारबाट फर्केर आउँदा चोट लागेको थिएन, झाँक्रीहरुले चुल्ठो समातेर पिटपाट गरेको बेला चोटपटक लागेको हुनुपर्छ’ समेत बकपत्रमा रहेछ।

साभार : माई संसार

Latest Tweets

Tags

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top