What's New Here?


काठमाडौं । टर्कीको इस्तानबुलबाट २ सय ४८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरको जहाज काठमाडौँ विमानस्थलमा दुर्घटना भएको छ । यद्दपी, जहाजमा सवार सबै यात्रुको भने सकुशल उद्दार गरिएको छ ।

पाइलटले बुद्धीमता पूर्ण ढंगले अवतरण गराएकाले  कहालीलाग्दो दुर्घटनाबाट आफूहरु बचेको प्रतिक्रिया यात्रुहरुले दिएका छन्।

काठमाडौं विमानस्थलमा बुधबार बिहान पौने आठ बजे अवतरण गर्ने क्रममा विमान रन वे भन्दा बाहिरको घाँसे मैदानमा घस्रिएका थियो ।

अवतरणका क्रममा जहाजको टायर ननिस्किएपछि पाइलटले दुई पटकसम्म प्रयास गर्दा पनि असफल भएका थिए । यात्रुले दिएको जानकारीअनुसार जहाजलाई दुईपटकसम्म अवतरण गराउँदा पनि टायर ननिस्केपछि उनले पानै आठ बजे तेस्रोपटक जबरजस्ती आपतकालीन अवतरण गराएका थिए । 
 
तेस्रो पटकको प्रयासमा जहाजको पछाडिको टायर निस्केपनि अगाडी टायर ननिस्कदा जहाज रन वे भन्दा बाहिर मोडिएको थियो । त्यसक्रममा निकै ठूलो आवाज आएको र यात्रुहरुबीच कोलाहाल मच्चिएको थियो ।


घाँसे मैदानमा मोडिएको टायर पड्किएर ठूलो आवाज आएको थियो । विमानको टायर क्षतिग्रस्त भएको छ भने इन्जिनमा पनि सामान्य क्षति पुगेको छ । जहाजको अघिल्लो भाग जमिनमा धसिएको छ ।

टर्किस एयरको जहाज काठमाडौं विमानस्थलमा दुर्घटना, यात्रुको सकुशल उद्दार (फाेटाेसहित)

Posted by Nepal News No comments


काठमाडौं । टर्कीको इस्तानबुलबाट २ सय ४८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरको जहाज काठमाडौँ विमानस्थलमा दुर्घटना भएको छ । यद्दपी, जहाजमा सवार सबै यात्रुको भने सकुशल उद्दार गरिएको छ ।

पाइलटले बुद्धीमता पूर्ण ढंगले अवतरण गराएकाले  कहालीलाग्दो दुर्घटनाबाट आफूहरु बचेको प्रतिक्रिया यात्रुहरुले दिएका छन्।

काठमाडौं विमानस्थलमा बुधबार बिहान पौने आठ बजे अवतरण गर्ने क्रममा विमान रन वे भन्दा बाहिरको घाँसे मैदानमा घस्रिएका थियो ।

अवतरणका क्रममा जहाजको टायर ननिस्किएपछि पाइलटले दुई पटकसम्म प्रयास गर्दा पनि असफल भएका थिए । यात्रुले दिएको जानकारीअनुसार जहाजलाई दुईपटकसम्म अवतरण गराउँदा पनि टायर ननिस्केपछि उनले पानै आठ बजे तेस्रोपटक जबरजस्ती आपतकालीन अवतरण गराएका थिए । 
 
तेस्रो पटकको प्रयासमा जहाजको पछाडिको टायर निस्केपनि अगाडी टायर ननिस्कदा जहाज रन वे भन्दा बाहिर मोडिएको थियो । त्यसक्रममा निकै ठूलो आवाज आएको र यात्रुहरुबीच कोलाहाल मच्चिएको थियो ।


घाँसे मैदानमा मोडिएको टायर पड्किएर ठूलो आवाज आएको थियो । विमानको टायर क्षतिग्रस्त भएको छ भने इन्जिनमा पनि सामान्य क्षति पुगेको छ । जहाजको अघिल्लो भाग जमिनमा धसिएको छ ।

0 comments:

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top