धुलीखेलमा युवा व्यवस्थापिका संसद डेन्डिजन प्रधामन्त्री, पुजना भईन सभामुख

Posted by Nepal News on Thursday, February 5, 2015 0

काभ्रे । काभ्रेको धुलिखेलमा युवा व्यवस्थापिका संसदको अभ्यासका लागि भेला भएका नमुना संसदहरुले प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षीदलको नेता लगायतलाई निर्वाचित गरेका छन् । देशका १६ जिल्लाका सीमन्तकृत समुदायका ८० जना युवा युवती सम्मिलित युवा व्यवस्थापिका संसदमा भएको निर्वाचनले मकवानपुरका डेन्डिजन लामालाई प्रधामन्त्रीमा चयन गरेको हो । 

कुल ८० मत मध्ये ३५ मत ल्याएर लामा प्रधानमन्त्री निर्वाचित भएका हुन् । त्यस्तै, ३२ मत ल्याएर भोजपुरकी पुजना राई सभामुख निर्वाचित भएकी छिन् । 

 युवा व्यवस्थापिका संसदले प्रमुख प्रतिपक्षी दलको नेतामा बाराका मुकेश शाहलाई चयन गरेको छ भने पुष्पा सुनार प्रतिपक्षी दलको प्रमुख सचेतक चयन भएकी छिन् । 

उता काठमाडौंका विश्वराज अधिकारीले सत्ता पक्षको प्रमुख सचेतकको जिम्मेवारी हात पारेका छन् । शुक्रबारबाट युवा व्यवस्थापिका संसदको अधिवेशन सञ्चालन हुनेछ । 

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, बिभिन्न बिधेयकहरु पारित गरिने कार्यक्रम रहेको छ । युवा व्यवस्थापिका संसदले धुलिखेल घोषणा पत्र जारी गर्ने तथा त्यसलाई संबिधान सभाका सभामुख सुभाषचन्द्र नेम्बाङलाई बुझाउने कार्यक्रम रहेको छ । 

युवाहरुलाई संसदीय अभ्यासमा सामेल गराएर नेतृत्व बिकास तथा भावी दिनमा वैकल्पिक नेतृत्व तयार गर्न खोजिएको हिम राईट्सकी अध्यक्ष अञ्जना शाक्यले बताईन् । 


Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top