‘बिग बोस सिजन ८’ को बिजेता बने गौतम गुलाटी

Posted by Nepal News on Sunday, February 1, 2015 0

एजेन्सी । भारतीय बहुचर्चित रियालिटी शो बिग बोस सिजन ८ को उपाधि टेलिभिजन स्टार गौतम गुलाटीले जितेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा ‘बिग बोस सिजन ८’ का विजेता गौतमले ५० लाख भारतीय रुपैया पुरस्कार पनि जितेका छन् ।

‘बिग बोस सिजन ८’ को ग्राण्ड फिनालेमा पुगेका करिश्मा तन्ना र प्रीतमलाई पछि पार्दै गौतमले उपाधि हात परेका हुन् ।
‘बिग बोस’ को घरमा प्रवेश गरेयता निक्कै चर्चामा रहेका गौतम बानी व्यवहार तथा अर्का प्रतिस्पर्धी डाइन्ड्रासँगको रोमान्सका कारण पनि उनी लोकप्रिय बनेका थिए । साथै आफ्ना केही प्रतिस्पर्धीसँगको झगडाले पनि उनलाई चर्चामा ल्याएको थियो ।

करिश्मा तन्ना प्रतियोगिताको फस्र्ट रनर अप भइन् भने प्रीतमले २५ लाख रुपैयाँ लिएर फाइनल राउण्डको प्रतियोगिता छाडेका थिए ।  
यद्दपी, विजेताको नाम घोषणा हुनु पूर्व नै सामाजिक सञ्जाल ट्वीटर मार्फत विजेताको नाम सार्वजनिक भएको बताइएको छ । ग्राण्ड फिनालेको एक दिन अगावै गौतम गुलाटीको नाम सार्वजनिक भएको चर्चा समेत चलेको छ । 

प्रतियोगिताकी फस्र्ट रनर अप करिश्मा तन्ना पनि ‘बिग बोस’ को घरमा रहँदा निक्कै चर्चामा आइएकी थिइन् । विशेष गरी मोडल तथा अभिनेता उपेन पटेलसँगको सम्बन्धलाई लिएर करिश्मा शो अवधिभर चर्चाको पात्र बनेकी थिइन् । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top