सिमिकोट विमानस्थलमा दुई विमान आपसमा ठोक्किए

Posted by Nepal News on Saturday, February 21, 2015 0

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलमा दुई जहाज एकापसमा ठोक्किएका छन् । तारा एअरको जहाजले रोकिइरहेको सीता एअरको जहाजलाई ठक्कर दिएको हो ।

विमानस्थलको धावनमार्गमा उडान भर्नेक्रममा सीता एअर र तारा एअरको ट्विनेटर जहाज एकापसमा ठोक्किादा सीता एयरको दााहिने पखेटामा समान्य क्षति पुगेको छ ।

‘नाइन ए एच आर’को तारा एअरले शनिबार बिहान ८ बजे पार्किङमा रहेको ‘नाइन एन ए वी एम’को सीता एअरलाई ठक्कर दिएको हुम्ला विमानस्थलले जनाएको छ । दुई विमान एकापसमा ठोक्किएपनि मानवीय क्षति भने भएको छैन ।

एअरपोर्टको पहेलो रंगको लाइनमा आफू प्रवेश गर्दा–गदै पनि विमानको पखेंटा सीता एअरको पखेंटामा ठोक्किादा क्षति भएको तारा एअरका क्याप्टेन रोशन मानन्धरले बताएका छन् ।

तारा एअरको विमानमा क्षति भएको नदेखिएपनि घटनाको छानबिन र क्षतिको विवरण एकीन गर्न सिविलाइजेसनबाट विज्ञहरु आएपछि मात्र घटनाको अवस्था विश्लेषण गरिने विमानस्थलले जनाएको छ ।
दुर्घटनापछि दुवै विमान ग्राउन्डेड भएका छन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top