कञ्चनजंगाको पोष्टमा मनाङको गोलको वर्षा

Posted by Nepal News on Friday, February 6, 2015 0

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङले सिलगुडीको कञ्चनजंगा क्लब विरुद्ध गोलको वर्षा नै गर्‍यो । पहिलो हाफमा चार गोल गरेको मनाङले दोस्रो हाफमा तीन गोल थप्दै ७-० को जित निकाल्यो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले नवौं मिनेटमा शिव श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा विशाल राई बीले गोल गरे भने ३८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा विशाल राई बीले ब्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ पहिलो हाफमा ४-० को अग्रथा लिन सफल भयो ।

एक पक्षीय खेलको ४८ औं मिनेटमा मनाङका सुशील केसीले गोल गरे । ८८ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे भने ९० औं मिनेटमा कृष्ण कुँवरले गोल गरेपछि मनाङ ७-० को जित हात पार्न सफल भयो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top