राष्ट्रपतिकी छोरीको विवाह सम्पन्न

Posted by Nepal News on Monday, January 16, 2017 0

काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिनुभयो ।

विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास आउनुभएको थियो । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उहाँका परिवार र आफन्तजनको सहभागिता थियो ।

सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । रासस 




Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top