चलचित्र‘झोला’ ओस्कार अवार्डबाट बाहिरियो

Posted by Nepal News on Sunday, December 21, 2014 0


काठमाडौं । नेपाली चलचित्र नगरीमा राम्रो चर्चा कमाएको चलचित्र झोला विश्वप्रशिद्ध ओस्कर अवार्डको दौडबाट भने बाहिरिएको छ ।
विदेशी भाषी चलचित्रका लागि नेपालबाट झोला प्रतिष्पर्धामा थियो । योसँगै एसियाका कुनै पनि चलचित्रले ओस्कार अवार्डमा अब प्रतिस्पर्धा गर्ने छैनन् ।

भारतबाट ओस्कारका लागि गएको चलचित्र लायर्स डाइस पनि अवार्डबाट बाहिरिएको छ । ओस्कार समितिले ९ चलचित्रबाट अब उत्कृष्ठ पाँच छान्नेछ । फेब्रुआरी २२ मा ओस्कर अवार्डको आयोजना हुनेछ ।
चलचित्र झोला सार्क फिल्म फेस्टिबलमा भने उत्कृठ नायिकाको अवार्ड जितेको थियो ।
साहित्यकार कृष्ण धराबासीको झोला उपन्याशमा आधार मानेर बनाइएको चलचित्र झोलालाई यादबकुमार भट्टराईले निर्देशन गरेका छन् ।


Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top