What's New Here?

काठमाडौं । नेपालमा श्वास–प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो रोग ठहरिएको छ ।

ग्लोबल बर्डन अफ डिजिज नामक अध्ययनअनुसार नेपालमा अकाल मृत्युका १० प्रमुख कारणमध्ये स्वासप्रश्वास सम्बन्धी संक्रामक रोग पहिलो स्थानमा रहेको देखिएको छ ।

अध्ययनले मुटुसम्बन्धी रोगलाई विश्वमा सबैभन्दा धेरै मानिसको अकालमा ज्यान लिनेमा जिम्मेवार देखाएको भए पनि नेपालमा भने मुटुरोगको स्थान श्वासप्रश्वाससम्बन्धी रोगले लिएको छ ।
अकालमा ज्यान लिने रोगको दोस्रो स्थानमा मात्र मुटुसम्बन्धी रोग रहेको छ ।  

रिपोर्ट अनुसार नवजात शिशुमा हुने इन्सेफ्लाइटिस मृत्युको तेस्रो ठूलो कारणका रुपमा रहेको छ । हृदयाघात चौथो स्थानमा छ ।

झाडापखालाजन्य रोगबाट ज्यान गुमाउने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको देखिएको छ । स्वच्छ खानेपानीको अभाव तथा सरसफाइको कमीका कारण नेपालमा वर्षेनी हुने अकाल मृत्युमध्ये झाडापखाला पाँचौं मुख्य कारकतत्वका रुपमा रहेको छ ।

नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । प्रस्तुत रिपोर्टले समेत यो तथ्यलाई पुष्टि गर्दै नेपालमा मानिसहरुको अकाल मृत्युको छैठौँ मुख्य कारकको रुपमा आत्महत्या रहेको देखाएको छ ।

क्षयरोगको उपचारमा सरकारले विशेष ध्यान दिएको तथा निशुल्क उपचारको व्यवस्था गरेको भए पनि नेपालमा क्षयरोग मानव मृत्युको मुख्य कारण रहेको देखिएको छ । क्षयरोग मानिसको ज्यान लिने सातौँ मुख्य कारण रहेको छ ।

समय नपुगी बच्चा जन्मिनु, नवजात शिशुमा हुने विभिन्न खाले संक्रमणका साथै फोक्सोमा हुने संक्रमण  क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज पनि नेपालमा मानिसको ज्यान लिने प्रमुख दश कारक तत्वभित्र परेका छन् ।  

रिपोर्टअनुसार पछिल्लो २३ वर्षमा नेपालले औषत आयु सुधारमा उल्लेख्य सुधार गरेको छ । सन् १९९० देखि २०१३ को बीचमा नेपालीहरुको औषत आयु १२.१६ वर्षले बढेको देखिएको छ ।

रिपोर्टका अनुसार नेपालीहरुको औषत आयु सन् २०१३ मा ७०.६४ वर्ष छ । सरकारी तथ्यांक अनुसार नेपालीको औषत आयु अहिले ६९.१ वर्ष छ । सन् १९९० यता आफ्ना जनताको औषत आयु १२ वर्ष भन्दा बढीले वृद्धि गर्ने अन्य देशहरुमा रुवान्डा, इथिओपिया, नाइजर, माल्दिभ्स तथा इरान लगायतका देश पनि छन् ।

नेपालमा अकाल मृत्यु हुने १० कारण, झाडापखाला भन्दा बढी आत्महत्या हुन थाल्यो

Posted by Nepal News No comments

0 comments:

काठमाडौं । भारतको मुम्बईबाट काठमाडौं आएको जेट एयरवेजको विमानमा अवतरणका क्रममा चरा ठोक्किएपछि आगो लागेको छ । 

सोमबार अपरान्ह १२ बजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा कोटेश्वरमाथिको आकाशमा जहाजमा चरा ठोक्किएको विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
जेटको २६८ उडान नम्बको ७३७–८०० सिरिजको उक्त जहाज विमानस्थलमा अवतरण गर्न धावनमार्ग पहिचान गरिसकेको समयमा जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएको उहाँले बताउनुभयो । 

चरा ठोक्किएलगत्तै जहाजको इन्जिनबाट धुवाको मुस्लो देखिएपछि आकस्मिक अवतरण गराइएको थियो । चालक दलका सात सदस्य र १२५ यात्रु रहेको जहाजले सुरक्षित अवरतण गर्न सफल भएकोले ठूलो क्षति हुन नपाएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । आकस्मिक अवतरण गराईको उक्त जहाजका यात्रु तथा चालक दलका सदस्यलाई सकुशल ओरालिएको छ । 

विमानमा भएको क्षति र चरा ठोक्किएको विषयमा भने जहाजका इन्जिनियरले अध्ययन गरेपछि विस्तृत जानकारी दिन सकिने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल नजिकको दूरीमा भएकाले ठूलो दुर्घटना हुन नपाएको विमानस्थल कार्यालयले जनायो ।

जेट एयरवेजको विमानमा आगो, सकुशल अवतरण

काठमाडौं । सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक/ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।

फेसबुक प्रयोगमै सतर्कता नअपनाउ“दा सशस्त्र प्रहरी बलका एक डीएसपी निलम्बनमा परेका छन् । आइजीपीको कामको आलोचना गरेर फेसबुकमा ‘कमेन्ट’ लेखेको आरोपमा सशस्त्रका डीएसपी नानीराम हुमागाईलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको नया“ पत्रिकामा खबर छ ।

फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । डीआईजी दिवाकार केसी संयोजकत्वमा छाननिबन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नया“ संयोजक बनाएर छानबिन गर्न लागिएको छ ।  

आइजीपीविरुद्ध फेसबुकमा लेख्दा डीएसपी निलम्बित

काठमाडौं । विदेशी दम्पतीले भाडाकी आमा (संरोगेट मदर) ल्याएर नेपालका अस्पतालमा बच्चा जन्माउन पाउने भएका छन् । सरकारले बच्चा चाहने आमाबाबु र भाडाकी आमा तीनैजना विदेशी भए नेपालका अस्पतालहरुले सो सेवा दिन सक्ने गरी नीति ल्याएको छ । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको राजधानीमा खबर छ ।

सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । यसका साथै सो नीतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई सोही मापदण्डभित्र आउने अस्पताललाई यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।

नेपालमा सरोगेसीसम्बन्धी कुनै प्रकारको कानुनी प्रावधान नभए पनि विदेशी नागरिकहरु नेपाल आएर केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य खुलेपछि सरकारले त्यसलाई कानुनी मान्यता दिएको हो । विभिन्न देशबाट सरोगेट आमा ल्याएर बच्चा जन्माउ“दा फर्कने बेला समस्या भएपछि नेपाल सरकारले त्यसलाई कानुनी बाटो बनाइदिन सम्बन्धित देशका राजदूतहरुले आग्रह गरिरहेका थिए । सोही आग्रहलाई मध्यनगर गर्दै नेपाल सरकारले सन्तान जन्माउने विदेशी भए उनीहरुले भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउने अधिकार दिएको हो ।

भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउन पाइने

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top