What's New Here?

काठमाडौं । यस वर्ष पनि प्रणय दिवस  भ्यालेन्टाइन डे का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । 

पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुले बताए ।  

उनका अनुसार गत वर्ष यस दिवसका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दुई लाखवटा रातो गुलाब खपत भएको थियो । खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् ।

यस वर्ष १५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षका लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी सङ्ख्यामा गुलावको फूलको कारोबार गरिनेछ ।

प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तराईका केही जिल्लामा व्यावसायिक रुपमा खेती हुँदै आएको छ । 

एसोसिएसनका अनुसार गत वर्ष प्रतिगोटा फूल   ५० देखि रु ६० मा बिक्री गरिएको थियो । यस वर्ष पनि त्यही अनुपातमा नै कारोबार हुनेछ । 

केही समयअघि सहरी क्षेत्रमा मात्र मनाइने यो दिवस अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् । यो दिवस हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ । उक्त दिन उपहारका रुपमा यो फूलको प्रयोग गर्ने गरिन्छ ।

भ्यालेन्टाइन डे का लागि डेढ लाख गुलाब राजधानी आउँदै

Posted by Nepal News No comments

0 comments:

parash_khadka
काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ।

नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको नागरिक दैनिकमा खबर छ ।

बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो।

शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो। विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो। आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोत बताउँछ।

‘नेपाललाई विश्व क्रिकेट लिग डिभिजन १ खेल्न छानिएको छ, आइसिसी बैठकले अर्को साता औपचारिक निर्णय लिनेछ, पुबुदुलाई उद्धृत गर्दै क्यान स्रोतले आइतबार नागरिकसँग भन्यो, यो प्रतियोगिताका शीर्ष चार टोलीले ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजन १ का एकदिवसीय मान्यताप्राप्त टिमसँग खेल्न पाउनेछन् । हामीले अन्तरमहादेशीय कप मात्र गुमाउने छौं। आइसिसीको निर्णयपछि अझ विस्तृत जानकारी आउनेछ।

स्रोतअनुसार केन्यासँग तेस्रो स्थानको प्लेअफमा पराजित भएपछि शनिबार मध्यरात पुबुदुले यस्तो बताएका थिए। ‘पुबुदु अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहुँच भएका व्यक्ति हुन्। उनीबाट यस्तो सूचना पाउँदा हामी उत्साहित छौं, स्रोतले भन्यो।

युगान्डासँग २ रनको हार भोग्दै डिभिजन २ को सुरुआत गरेको नेपाल लगत्तैको खेलमा नेदरल्यान्ड्सलाई २ विकेटले हराउँदै लिकमा फर्किएको थियो। तेस्रो खेलमा क्यानाडालाई ७ तथा चौथो खेलमा आयोजक नामिबियालाई ३ विकेटको नतिजामा हराएर नेपालले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएको थियो।

समूह चरणको अन्तिम खेलमा केन्यासँग नसोचेको हार भोगेपछि नेपाल रनरेटमा पछि पर्दै शीर्ष २ मा अटाउन सकेको थिएन। रेलिगेसनको निकै नजिक पुगिसकेको केन्याले नेपाललाई ५ विकेटले हराएर डिभिजन २ मा हैसियत जोगाएको थियो।

तेस्रो स्थानको प्लेअफमा पनि केन्यालाई नै प्रतिद्वन्द्वीका रुपमा पाउँदा नेपाल बदला लिने मौकाबाट चुकेको थियो। अन्तिम समयमा नाटकीय रूपमा विकेटपतन हुँदा नेपाल १५ रनले पराजित भएको थियो। शीर्ष दुई स्थानमा रहेर बढुवा हुने दुवै टोलीलाई हराउनु प्रतियोगितामा नेपालको दमदार पक्ष थियो।

नेपालले डिभिजन वानको प्रतियोगिता खेल्न पाउने

काठमाडौं । संविधानसभाको आइतबारको बैठकमा एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय गठवन्धनको विरोधका बावजूद संविधानका विवादित विषयसँग सम्बन्धित प्रश्नावली समिति गठन गरिएको छ ।

बैठकमा सभाध्यक्ष सुवास नेम्बाङ आफै अघि सरेर प्रश्नावली समिति बनाउन पेश गरेको प्रस्ताव बहुमतबाट पारित भयो । 

एकीकृत माओवादीसहित विपक्षी मोर्चाको नाराबाजी र होहल्लाकैबीच सभाध्यक्ष नेम्वाङले पेश गरेको समिति गठनको प्रस्ताव निर्णयार्थ पेश गर्दा सत्तापक्षीय सभासदहरुले ध्वनी मतले समर्थन गरेका थिए । विपक्षीले भने नाराबाजी र होहल्ला कायमै राखेका थिए ।

सत्ता पक्षका सभासदहरुको समर्थनलगत्तै सभाध्यक्ष नेम्वाङले प्रस्ताव पारित भएको घोषणा गर्नु भएको थियो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमा भएको सहमति र विमतिका विषयहरु केलाएर प्रस्ताव तयार पार्न ७३ सदस्यीय समिति बनाइएको छ । पाँच दिनको समयावधि पाएको समितिमा अहिले सत्तापक्षका ४९ जनाको नाम उल्लेख गरिएको छ । विपक्षी दलहरुलाई पनि आफ्ना प्रतिनिधिको नाम दिन आह्वान गरिएको छ ।

होहल्लाकै बीच आफूले पेश गरेको प्रस्ताव पारित भएलगत्तै अनिश्चित समयका लागि संविधानसभाको बैठक स्थगित गर्दै अध्यक्ष नेम्बाङले सहमति र संवादका लागि दलहरुलाई फेरि आह्वान गर्नु भएको छ । 

समितिमा सदस्य पूर्णबहादुर खड्का, नरहरि आचार्य, अग्नि खरेल, गगन थापा, पदमनारायण चौधरी, प्रकाश ज्वाला, धनराज गुरुङ, गंगालाल तुलाधर, अब्दुल रज्जाकलगायत ४९ जना रहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले माघ ५ गते यही प्रस्ताव पेश गर्न खोज्दा विपक्षी एकीकृत माओवादीसहितका दलहरुले संविधानसभा कक्षमै तोडफोड गरेका थिए । त्यसपछिका बैठकहरु पनि विपक्षीको नाराबाजीकै कारण अवरुद्ध बनेको थियो । 

विपक्षीको विरोधका कारण अन्यौलमा परेको संविधानसभामा सभाध्यक्षले प्रश्नावली समिति गठन गरेसँगै संविधान निर्माण प्रक्रियामा प्रवेश गरेको छ । 

होहल्ला र नाराजुलुसका बीच सभाध्यक्षले प्रश्नावली समिति गठन गरे

काठमाडौं । अभिनेता दीलिप रायमाझीको शिर्ष भूमिका रहेको चलचित्र ‘लोग्ने मान्छे’ यही माघ २३ गते देशव्यापी रिलिजको पखाईमा छ । चलचित्र रिलिजको डेट नजिकिदै गर्दा यसको प्रमोशनलाई पनि तिव्रता दिइएको छ । यसक्रममा चलचित्रको एउटा रोमान्टिक गीत हालै सार्वजनिक गरिएको छ । 

हालै सार्वजनिक भएको गीतमा अभिनेता दिलिप रायमाझी र चलचित्रमा नवप्रवेशी कलाकारको रुपमा आएकी अनिशा गुरुङबीच निक्कै जमेर रोमान्स गरेको देखिन्छ । 

चलचित्रको कथामा भने अभिनेत्री नन्दिता केसीँसँग दिलिपले बिहे गर्छन् । नन्दितासँग खुसी हुन नसकेका दिलिप अनिशाको माया जालमा फस्छन् । दुईबीचको रोमान्स अघि बढ्दै जान्छ र त्यहीक्रममा यो गीत प्रस्तुत हुन्छ । यो गीत चलचित्रका निर्देशक लय संग्रौला आफैले लेखेका हुन् । यो गीतमा चेतन सापकोटाको संगीत तथा दीपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।

सयौं टेलिफिल्म निर्देशन गरेको अनुभवी लय संग्रौलाले आफ्नै रोजाईको नारीप्रधान कथालाई चलचित्रमा प्रस्तुत गरेका छन् । 

नारीको संवेदनामा टेलिफिल्म निर्देशन गरेर उनले सफलता पाएपनि चलचित्र निर्देशन भने पहिलो हो । प्रदिप मितलको लगानीमा निर्माण भएको चलचित्र दर्शकको मनमा बस्न सफल हुने निर्देशक संगौलाको आशा छ । तर, दर्शकले रुचाउ छन् या रुचाउँदैनन्, त्यो भने चलचित्र हलमा आएपछि नै थाहा होला ।

लोग्ने मान्छे भएपछि दिलिप रायमाझीको अनिशासँग रोमान्स

goddess_sarashwati
काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइदै छ । शुभ कार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिइन्छ । 

विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायत सामग्रीको श्रद्धापूर्वक पूजा गर्दछन् । विभिन्न सरस्वती मन्दिरहरुमा आज विहानैदेखि विद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा प्रार्थना गर्न लाम लागेका छन् । 

आज काठमाडौको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट बिधिपूर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन पनि छ । काठमाडौंको स्वयम्भुमा रहेको सरस्वती मन्दिरसहित देशभरका सरस्वती मन्दिरमा पूजा गर्न विहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ । 

मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ । अक्षराम्भ गर्ने नानीहरुका लागि आजको दिन बिशेष मानिन्छ । आजबाट शिशिर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ ।

आज श्रीपञ्चमी

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका छन् । 

नामिबियामा शनिबार सम्पन्न प्रतियोगितामा नेपाल चौथो स्थानमा समेटिएपनि पारस खड्का प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । 

क्यानाडा र नामिबिया विरुद्धका खेलमा लगातार म्यान अफ द म्याच घोषित भएका पारस प्रतियोगिता अवधिभर ८ अंक जोड्दै उत्कृष्ट खेलाडी बनेका हुन् ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि शनिबार भएको खेलमा केन्यासंग १५ रनले पराजित हुँदै नेपाल चौथो भएको छ । 

अघिल्लो दिन केन्यासंगै ५ विकेटले हारेर डिभिजन वानमा पुग्न नसकेको नेपाललाई केन्याले २४ घण्टाभित्र दोस्रो पटक पराजित गरेको हो । 

दुई सय नौ रनको चुनौती पछ्याउने क्रममा नेपालले ४७ ओभरमै अलआउट हुँदै एक सय ९३ रनमात्र जोड्न सक्यो । 

विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्लले चौथो विकेटका लागि एक सय सात रनको कीर्तिमानी साझेदारी गर्ने क्रममा क्रमशः ७३ र ४८ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा नेपाल पराजित भएको हो ।

पारस डिभिजन टु को सर्वोत्कृष्ट खेलाडी

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top