What's New Here?

काठमाडौं । आइसीसी विश्व लिग क्रिकेट डिभिजन दुईको आफ्नो पहिलो खेल नेपालले शनिबार अफ्रिकी प्रतिद्वन्द्वी युगान्डाको सामना गर्ने भएको छ ।

नामिबियाको विन्डोहोक मैदानमा हुने प्रतियोगितामा नेपालले युगान्डासँग भिडी  प्रतियोगिताको सुरुआत गर्न लागेको हो । नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो ।  केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनी तथा युगान्डा उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गरेका थिए ।  

त्यस्तै यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन तीनमा पनि नेपालले युगान्डालाई नै फाइनल खेलमा छ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । अहिलेसम्म नेपाल र युगान्डा पाँच पटक भिडेका छन् जसमा नेपालका पक्षमा तीन र युगान्डाको पक्षमा २ खेल छ । 

डिभिजन दुईमा भने युगान्डाको यो चौथो सहभागिता हो । सन् २००७ मा पहिलो पटक डिभिजन दुई खेलेको युगान्डा अहिलेसम्म टिक्न सकेको छैन । युगान्डाको डिभिजन तीनमा हरेक पटक उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गर्ने गरेको इतिहास छ । प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड्स, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ ।

डिभिजन टु क्रिकेटमा नेपालले आज युगान्डासँग खेल्दै

Posted by Nepal News No comments

0 comments:

काठमाडौं । माघ ८ को मिति नजिकिँदै जाँदा सडकमा उदेकलाग्दा दृश्य देख्न पाइने भएको छ । आफैं सरकारमा बसेर जनतालाई संविधान दिन नसकेका सत्तापक्षकै नेता-कार्यकर्ता समेत संविधानको माग गर्दै सडकमा उत्रन थालेका छन् ।

समयमै संविधान बनाउन माग गर्दै सत्तारुढ एमालेको भातृ संगठन युवा संघ सडक आन्दोलनमा उत्रने भएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेतृत्व गरेको युवा संघले शनिबार नयाँ बानेश्वरमा अर्धनग्न जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

माघ ८ भित्रै संविधान नबनाए ६०१ सभासदहरु नांगिने भन्दै अर्धनग्न जुलुस प्रदर्शन गर्न लागिएको युवासंघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । अर्धनग्न युवाहरुले संविधानसभा वपरिपरि प्रदर्शन गर्ने उनले बताए ।

विपक्षीमाथि ज्ञानेन्द्र शैलीको दमन

यसैवीच कांग्रेस र एमालेले नेतृत्व गरेको लोकतान्त्रिक सरकारले ज्ञानेन्द्रकै पालामा जसरी विपक्षीहरुको प्रदर्शनमाथि लाठी चार्ज र धरपकड सुरु गरेको छ । शुक्रबार रत्नपार्कमा शान्तिपूर्ण सभा गरिरहेका बेला पदमसुन्दर नेतृत्वको मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेर केहीलाई घाइते बनाएको थियो ।

प्रहरीको लाठी चार्जबाट मल्लके सुन्दर लगायतका नेता कार्यकर्ता घाइते बनेका थिए । आदिवासी जनजाति आन्दोलनका संयोजक तुलाधरले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्न नदिने र भौतिक आक्रमण गरी अंगभंग गर्ने कार्य पञ्चायतकालमा पनि नहुने गरेको मल्लके सुन्दरले बताएका छन् ।

नयाँ बानेश्वरमा नांगो जुलुस

करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी भनिएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा तेरहौता गाविस–३ की कुडी भनिने सजनीदेवी सदा रहेको प्रहरीले जनाएको छ। उनलाई करिब दुई हप्ताअघि बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोग लगाइएको छ । 
 
अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

तीन छोराछोरी हत्या गरेको अरोपमा आमा पक्राउ

एजेन्सी । अमेरिकी वैज्ञानिकहरुका अनुसार सन् २०१४ मा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । 

जबदेखि तापक्रमको रेकर्ड राख्न थालियो त्यसयताको रेकर्डलाई हेर्ने हो भने २०१४ मा सबै भन्दा बढी गर्मी भएको वैज्ञानिकहरुको भनाइ छ । 

२०१४ मा दीघकालिन औसतभन्दा ० दशमलब ६८ डिग्री सेल्सियस बढी गर्मी भयो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र राष्ट्रिय सागरिय तथा पर्यावरणीय प्रशासन नोवाका वैज्ञानिकहरुले शुक्रबार जारी गरेको तथ्यांकले २०१४ अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष भएको देखाएको हो ।

गत महिना संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनले १२ महिना अघिको तापक्रमले रेकर्ड बनाउने प्रारम्भिक अनुमान लगाएको थियो ।

२०१४ अहिलेसम्मकै गर्मी वर्ष

काठमाडौं ।  सरकारले सन् २०१७ सम्म सबै घरमा स्वच्छ पानी पुर्‍याउने लक्ष्य राखे पनि ८२ प्रतिशत जनताले प्रयोग गर्ने पानीको स्रोतमा हैजाको जीवाणु इकोलाइ पाइएको छ ।

राष्ट्रिय तथ्यांक विभागले गरेको बहुसूचक सर्वेक्षण २०७०/०७१ म यस्तो तथ्य पत्ता लागेको हो । 

९३ प्रतिशतले प्रयोग गर्ने खानेपानीको सुधारिएको स्रोत परीक्षण गर्दा अशुद्ध पाइएको विभागका निर्देशक कृष्ण तुलाधरले जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।

सर्वेक्षणका क्रममा छनोटमा परेका परिवारको पिउने पानीमा हानिकारक जिवाणु इकोलाइ परीक्षण गरिएको थियो । राष्ट्रियस्तरमै गरिएको यो परीक्षणमा ८२ प्रतिशतले प्रयोग गर्ने पानीमा जीवाणु पाइएको तुलाधरले बताए ।

बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिबेदनअनुसार करिब ६० प्रतिशत घरपरिवार सदस्यले मात्र सुधारिएको सुविधा –चर्पी) प्रयोग गरेका थियो । महिला, बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्यांक उपलब्ध गराउने सर्बेक्षण करिक १३ हजार घरपरिवारमा गरिएको थियो ।

८२ प्रतिशत जनताले पिउने पानी दूषित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जातीय आधारमा प्रदेश कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । उनले एक मधेस प्रदेशको माग हाँसउठ्दो भएको बताएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै खनालले भने, देशमा १ सय २५ जाति छन्, कुनैलाई दिने, कुनैलाई नदिने भन्न हामी सक्दैनौं, त्यसो भएका हुँदा १ सय २५ जातिलाई प्रदेश दिनुपर्छ, यो हुन सक्दैन ।’

एक मधेस प्रदेशको माग सुन्दा नै हाँस उठ्नेखालको भएको खनालले बताए । मधेसमा पहाडको उपनिवेश नभएको भन्दै उनले भने–एमाले मधेसको विरोधी होइन ।’

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले भनेजस्तो आफूहरु सहमति नजिक रहेको खनालले स्वीकार गरे । उनले माओवादीको नाम नलिई भने–‘निकट पुगेका छौं भने आन्दोलनको कुरा किन ? बसेर छलफल गरौं ।’

खनालले अघि भने–‘हामी सहमति चाहन्छौं, सहमति भएन भने हाँसीहाँसी प्रक्रियामा जाऔं ।’ खनालले यसोभन्दा सत्तारुढ सभासदहरुले ताली बजाएका थिए ।

एक मधेस प्रदेशको माग सुन्दा हाँस उठ्छ : झलनाथ

काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नेतृत्वले कुखुरा जस्तै भूईमा ओर्लिएर खोर्सिने नभई चिलजस्तो माथि उठेर निकास दिनुपर्ने बताएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदन पेश गर्दै  डा. भट्टराईले भने, ‘एक अर्काप्रति दाउपेच गरेर होइन, कसरी निकास दिन्छौं भनेर जनतालाई विश्वास दिलाउनुपर्छ ।’

भट्टराईले यतिबेला कित्ताबन्दी गरेर मुलुकलाई अर्को द्वन्द्वमा फर्काउनेतिर नभई जिम्मेवार ढंगले निकास दिनुपर्नेमा जोड दिए। उनले भने–यतिबेला मुलुकलाई ऋषिमन भएको नेता चाहिएको छ ।

यसअघिका ९ महिनामा भन्दा चार दिनमा उपलब्धीमूलक छलफल भएको भन्दै डा. भट्टराईले धेरै विषयमा सहमति नजिक पुगेको बताए ।

डा. भट्टराईका अनुसार न्याय प्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणालीमा मिश्रितमा सहमति भएको छ । तर, समानुपातिक र प्रत्यक्षको प्रतिशत मिल्न बा“की छ ।

डा. भट्टराईले संघीयतामा पनि दलहरु सहमति नजिक पुगेको बताए । अघिल्लो सविधानसभाको राज्य पुनःसंंरचना समिति र आयोग तय गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधारका साथै एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जाति र भाषालाई प्रदेश दिन सकिन्छ भनेर दलका शीर्ष नेताहरुबीच सहमति भएको उनले संविधानसभालाई जानकारी गराए ।

कुखुरा जस्तो खेर्सिने होइन, चिल जस्तो हुनु पर्छ : बाबुराम

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top