पलको पहिलो प्रेमिकासँगको कमब्याग

Posted by Nepal News on Sunday, July 5, 2015 0

जति बेला पल शाह मोडलिङ फिल्डमा करियर खोजिरहेका थिए, त्यसबेला उनले न्यूकमर मोडल श्रद्धा काम्बाङसँग पहिलो म्युजिक भिडियो खेल्ने अवसर पाए । पल र श्रद्धाको डेब्यु म्युजिक भिडियो ‘तिम्रो यादमा’ ले पललाई मोडलिङ फिल्डमा लामो दौड गरायो भने श्रद्धा त्यही रोकिन् । 

करिब दुई वर्ष अगाडि मोडलिङ करियर सुरु गरेका पलले अहिले सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सक्दा श्रद्धा भने त्यसपछि कतै देखिइनन् । तर, अहिले समयले कोल्टे फेर्दा पलकी पहिलो प्रेमिका श्रद्धा फेरि पलसँगै कमब्याग भएकी छिन् ।

गायक धनु ज्ञाङमीको ‘तिर्खा लाग्यो...प्यास मेट्यौँ’ गीतको भिडियोमा श्रद्धा फेरि एक पटक पलसँग दोहोरिएकी हुन् । 

युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको भिडियोमा पल र श्रद्धाले दुई वर्ष अघि छुटेको प्रेमलाई पुनः जोड्दै रोमान्स गरेका छन् ।

भिडियो हेर्नुहोस्

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top