पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

Posted by Nepal News on Friday, January 20, 2017 0

भीमदत्तनगर, ७ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएकोे बताउनुभएको छ । 

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्वारका रुपमा विकसित हुने दाबी गर्दै उहाँले महाकाली नदीमा चार लेनको पुल बने सुदूरश्चिमको स्मृद्धिमा टेवा पुग्ने बताउनुभयो । 

मुलुकको बेरोजगारी, अशिक्षा, पछौटेपन हटाउन सबै राजनीतिक दलका साथै निजी क्षेत्र समेत मिलेर विकास निर्माणमा अघि बढ्न उहाँले आग्रह गर्नुभयो । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले जिल्लामा हालसम्म एउटा पनि उद्योग स्थापना नभएकाले उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्न मन्त्री लेखक समक्ष माग गर्नुभयो । रासस 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top