आइजीपीविरुद्ध फेसबुकमा लेख्दा डीएसपी निलम्बित

Posted by Nepal News on Monday, December 29, 2014 0


काठमाडौं । सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक/ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।

फेसबुक प्रयोगमै सतर्कता नअपनाउ“दा सशस्त्र प्रहरी बलका एक डीएसपी निलम्बनमा परेका छन् । आइजीपीको कामको आलोचना गरेर फेसबुकमा ‘कमेन्ट’ लेखेको आरोपमा सशस्त्रका डीएसपी नानीराम हुमागाईलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको नया“ पत्रिकामा खबर छ ।

फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । डीआईजी दिवाकार केसी संयोजकत्वमा छाननिबन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नया“ संयोजक बनाएर छानबिन गर्न लागिएको छ ।  

Tagged as: ,
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top