भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउन पाइने

Posted by Nepal News on Monday, December 29, 2014 0

काठमाडौं । विदेशी दम्पतीले भाडाकी आमा (संरोगेट मदर) ल्याएर नेपालका अस्पतालमा बच्चा जन्माउन पाउने भएका छन् । सरकारले बच्चा चाहने आमाबाबु र भाडाकी आमा तीनैजना विदेशी भए नेपालका अस्पतालहरुले सो सेवा दिन सक्ने गरी नीति ल्याएको छ । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको राजधानीमा खबर छ ।

सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । यसका साथै सो नीतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई सोही मापदण्डभित्र आउने अस्पताललाई यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।

नेपालमा सरोगेसीसम्बन्धी कुनै प्रकारको कानुनी प्रावधान नभए पनि विदेशी नागरिकहरु नेपाल आएर केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य खुलेपछि सरकारले त्यसलाई कानुनी मान्यता दिएको हो । विभिन्न देशबाट सरोगेट आमा ल्याएर बच्चा जन्माउ“दा फर्कने बेला समस्या भएपछि नेपाल सरकारले त्यसलाई कानुनी बाटो बनाइदिन सम्बन्धित देशका राजदूतहरुले आग्रह गरिरहेका थिए । सोही आग्रहलाई मध्यनगर गर्दै नेपाल सरकारले सन्तान जन्माउने विदेशी भए उनीहरुले भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउने अधिकार दिएको हो ।

Tagged as: ,
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top