हलमै नलागी किन राघव युट्युबमा आयो

Posted by Nepal News on Monday, January 19, 2015 0

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सम्भाबना भएका नायकका रुपमा हेरीएका बेला अचानक अमेरिका पलायन भएका नायक राजबल्लभ कोइरालाले निर्माण गरेको चलचित्र राघब चलचित्र हलमा प्रदर्शन नभइ अचानक सामाजिक संजाल युब ट्युबमा आए पछि नेपाली चलचित्र बजारमा यसको चर्चा हुन थालेको छ ।

पोखराबाट चलचित्र क्षेत्रमा सपना देखेर कलिउड नगरी काठमाडौं  भित्रिएका राजबल्लभले अमेरिका पलायन भएपनि चलचित्र निर्माण गरेको कुराले खुसी भएका नेपाली चलचित्र प्रेमी उनको चलचित्र यु ट्युबमा सार्वजनिक भएपछि आश्चर्यमा परेका छन् ।

राजबल्लभ फिल्मस् र प्लानेट थ्रि फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र राघबलाई केहि समय अघि अमेरीका र अस्टेलीयामा प्रदर्शन गरीएको थियो । चलचित्रले च्यारीटीहरुमा समेत दर्शकको मन जित्न सकेको थिएन ।

अब कारणको खोजी गरौं किन चलचित्र हलमा नआउ“दै समाजिक संजालमा आयो त ? आफुलाई नेपाली चलचित्रको समिक्षक बताउने केही व्यक्तिले अहिले युबट्बले राम्रो पैसा दिन भएकाले राघब हलमा नआएको बताउने गरेका छन् । करोड बढी  पैसा खर्च गररे निर्माण गरिएको चलचित्र हर्ने दर्शकको प्रति भ्यु अति कम पैसा दिने युब ट्युबको रकमले निर्माता सुरक्षीत हुन्छन् भन्नु आमाको दुध खान छोडेर बाबुको घ“ुडा चुसौं भने जस्तै मात्र हो ।

त्यस माथि पनि चलचित्र अपलोड गरीएको तेस्रो दिनसम्ममा जम्मा १२ हजार भन्दा बढी पटक हेरिएको छ ।  मिडिया हाइपका बीच पनि राघबको अनलाईन भ्यु कमजोर छ । मिडिया हाइपलाई मध्यनजर गर्दा यो भन्दा त हलमा समेत राम्रो ब्यापार गरेको चलचित्र कबड्डीले युबट्बबाट राम्रो कमाई गर्ने निश्चित छ । चलचित्र कबड्डीलाई दुई हप्तामा चार लाख ३६ हजार पटक भन्दा बढि हेरीएको छ । विना पैसा मै भए पनि दर्शक राम्रो चलचित्र हेर्न चाहन्छन् । चलचित्र राघब यसरी सार्बजनिक हुनुको एउटा मात्र कारण हो । आफ्नो चलचित्रप्रति निर्माता निर्देशक तथा कलाकाहरुलाई बिश्बास नहुनु ।

चलचित्रको निर्माण युनिटलाई नै आफ्नो चलचित्रप्रति बिश्वास छैन भने त्यसमा जोडीन आएका बितरक, हल संचालक, संचारकर्मी अनि दर्शकलाई त्यो चलचित्र प्रति कसरी विश्वास हुन्छ ?

राजबल्लभका केहि चलचित्र सफल भए पनि अधिकांश चलचित्र असफल रहे । र उनले नेपाली चलचित्रमा फेरी एउटा नया“ अध्ययको सुरुवात गराइदिएका छन् । युबट्बमा चलचित्र रिलीज गर्ने ।

राजबल्भको पछिल्लो कदमलाई लिएर नेपाली चलचित्रवृत्तमा विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन् । केहीले सकारात्मक र स्वभाविक रुपमा लिए पनि व्यवसायीकतालाई जोडेर हेर्ने निर्माता निर्देशकहरुले भने नेपाली चलचित्र उद्योगलाई नकारात्मक प्रभाव पार्ने भन्दै टिप्पणी गरेका छन् ।

नेपालमा चलचित्र हलमा प्रदर्शन भएको एकवर्षपछि इन्टरनेट अधिकार लिएको कम्पनीले मात्र चलचित्र रिलिज गर्ने चलन छ । तर, राघव रिलिजपछि भने राजबल्लभ कोइरालाको ख्याति र प्रतिष्ठालाई लिएर पनि टिकाटिप्पणी भइरहेको छ । 

बिदेशमा रहेका रहरे कलाकार उठाएर चलचित्र निर्माण गरी नेपाली चलचित्र धरासायी बनाउनेहरुको झुण्डलाई मात्र यो काइदा राम्रो हुन सक्छ । तर, नेपाली चलचित्रको बिकास चाहानेका लागि यो एउटा नमिठो बिडम्बना हो । भारतीय चलचित्र पि के ले नेपालकै हल बाट २ करोड भन्दा माथिको ब्यापार गरिरहेका बेला नेपाली स्टार राजबंल्भको चलचित्र राघब युट्युबमा आउनुलाई एउटा संयोग र पिडा मात्र भनेर बुझ्नु पनि गलत हुन सक्छ ।

चलचित्र हेर्नुस्

Tagged as: ,
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top