जेट एयरवेजको विमानमा आगो, सकुशल अवतरण

Posted by Nepal News on Monday, December 29, 2014 0


काठमाडौं । भारतको मुम्बईबाट काठमाडौं आएको जेट एयरवेजको विमानमा अवतरणका क्रममा चरा ठोक्किएपछि आगो लागेको छ । 

सोमबार अपरान्ह १२ बजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा कोटेश्वरमाथिको आकाशमा जहाजमा चरा ठोक्किएको विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
जेटको २६८ उडान नम्बको ७३७–८०० सिरिजको उक्त जहाज विमानस्थलमा अवतरण गर्न धावनमार्ग पहिचान गरिसकेको समयमा जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएको उहाँले बताउनुभयो । 

चरा ठोक्किएलगत्तै जहाजको इन्जिनबाट धुवाको मुस्लो देखिएपछि आकस्मिक अवतरण गराइएको थियो । चालक दलका सात सदस्य र १२५ यात्रु रहेको जहाजले सुरक्षित अवरतण गर्न सफल भएकोले ठूलो क्षति हुन नपाएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । आकस्मिक अवतरण गराईको उक्त जहाजका यात्रु तथा चालक दलका सदस्यलाई सकुशल ओरालिएको छ । 

विमानमा भएको क्षति र चरा ठोक्किएको विषयमा भने जहाजका इन्जिनियरले अध्ययन गरेपछि विस्तृत जानकारी दिन सकिने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल नजिकको दूरीमा भएकाले ठूलो दुर्घटना हुन नपाएको विमानस्थल कार्यालयले जनायो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top