होहल्ला र नाराजुलुसका बीच सभाध्यक्षले प्रश्नावली समिति गठन गरे

Posted by Nepal News on Sunday, January 25, 2015 0

काठमाडौं । संविधानसभाको आइतबारको बैठकमा एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय गठवन्धनको विरोधका बावजूद संविधानका विवादित विषयसँग सम्बन्धित प्रश्नावली समिति गठन गरिएको छ ।

बैठकमा सभाध्यक्ष सुवास नेम्बाङ आफै अघि सरेर प्रश्नावली समिति बनाउन पेश गरेको प्रस्ताव बहुमतबाट पारित भयो । 

एकीकृत माओवादीसहित विपक्षी मोर्चाको नाराबाजी र होहल्लाकैबीच सभाध्यक्ष नेम्वाङले पेश गरेको समिति गठनको प्रस्ताव निर्णयार्थ पेश गर्दा सत्तापक्षीय सभासदहरुले ध्वनी मतले समर्थन गरेका थिए । विपक्षीले भने नाराबाजी र होहल्ला कायमै राखेका थिए ।

सत्ता पक्षका सभासदहरुको समर्थनलगत्तै सभाध्यक्ष नेम्वाङले प्रस्ताव पारित भएको घोषणा गर्नु भएको थियो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमा भएको सहमति र विमतिका विषयहरु केलाएर प्रस्ताव तयार पार्न ७३ सदस्यीय समिति बनाइएको छ । पाँच दिनको समयावधि पाएको समितिमा अहिले सत्तापक्षका ४९ जनाको नाम उल्लेख गरिएको छ । विपक्षी दलहरुलाई पनि आफ्ना प्रतिनिधिको नाम दिन आह्वान गरिएको छ ।

होहल्लाकै बीच आफूले पेश गरेको प्रस्ताव पारित भएलगत्तै अनिश्चित समयका लागि संविधानसभाको बैठक स्थगित गर्दै अध्यक्ष नेम्बाङले सहमति र संवादका लागि दलहरुलाई फेरि आह्वान गर्नु भएको छ । 

समितिमा सदस्य पूर्णबहादुर खड्का, नरहरि आचार्य, अग्नि खरेल, गगन थापा, पदमनारायण चौधरी, प्रकाश ज्वाला, धनराज गुरुङ, गंगालाल तुलाधर, अब्दुल रज्जाकलगायत ४९ जना रहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले माघ ५ गते यही प्रस्ताव पेश गर्न खोज्दा विपक्षी एकीकृत माओवादीसहितका दलहरुले संविधानसभा कक्षमै तोडफोड गरेका थिए । त्यसपछिका बैठकहरु पनि विपक्षीको नाराबाजीकै कारण अवरुद्ध बनेको थियो । 

विपक्षीको विरोधका कारण अन्यौलमा परेको संविधानसभामा सभाध्यक्षले प्रश्नावली समिति गठन गरेसँगै संविधान निर्माण प्रक्रियामा प्रवेश गरेको छ । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top