अनौपचारिक वार्तामा बस्न सक्ने विपक्षी मोर्चाको संकेत

Posted by Nepal News on Saturday, February 21, 2015 0

काठमाडौं । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि गुर्नभएको आह्वानलाई सकारात्मक रुपमा लिँदै सार्थक वार्ताको वातावरण बनाउन सत्तारुढ दलसँग आग्रह गरेको छ । 

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको मोर्चाको बैठकले प्रधानमन्त्री कोइरालाको आह्वान सकारात्मक भए पनि सार्थक वार्ताको पहल सुरु गर्न वातावरण नबनेकामा आपत्ति प्रकट गरेको छ । 

सार्थक वार्ताका लागि सत्तारुढ दलका तर्फबाट जुन प्रकारको चासो र तत्परता हुनुपर्ने थियो, त्यसो हुन नसकेको निष्कर्ष निकाल्दै बैठकले आफूहरु संवादका माध्यमबाटै प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा रहेको पुनः दोहोर्याएको छ । 

वार्ता र संवादका माध्यमबाटै विगतका सहमति र सम्झौताका आधारमा संविधान लेखन प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनआफूहरु तयार रहेको भए पनि माघ ११ गतेको बहुमतीय प्रक्रिया र त्यसले मुलुकलाई दुई ध्रुवमा विभक्त गरेको तथ्यलाई नेपाली काँग्रेस र नेकपा (एमाले)ले बुझ्न नसकेको बैठकले ठहर गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 

बैठकले औपचारिक तथा अनौपचारिक रुपमा कुनै न कुनै माध्यमबाट वार्ताको प्रक्रिया सुरु गर्न र संविधानका विवादित विषयमा सहमति खोज्न आग्रहसमेत गरेको छ । 

मोर्चामा आबद्ध दलहरु संवादका लागि तयार रहँदासमेत काँग्रेस र एमालेको तर्फबाट त्यसखालको तत्परता नदेखाउनुले उनीहरु विगतको सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा छैनन् भन्ने देखिएको निष्कर्ष निकाल्दै बैठकले आन्दोलनका कार्यक्रमलाई थप परिणाममुखी बनाउने बताएको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top