नेपालमा पनि भ्रष्टाचार विरोधी नयाँ शक्ति बनाउन आपका प्रवक्ताको सुझाव

Posted by Nepal News on Saturday, February 21, 2015 0

काठमाडौं । भारतको आम आदमी पार्टी (आप) का केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक भएको बताउनु भएको छ । भ्रष्टाचारबाट दिक्क भएका जनताले स्वच्छ छविका योग्य व्यक्तिलाई साथ दिने उहाँको भनाइ छ ।

शनिबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै आम आदमी पार्टीका १३ जना प्रवक्तामध्येका एक आशुतोषले आम आदमी पार्टीमा पनि कहिल्यै राजनीतिमा नलागेका व्यक्तिहरु संलग्न भएको भन्दै नेपालमा पनि त्यस्तो नयाँ प्रयोग गर्न उपयुक्त हुने बताउनुभयो ।

उहाँले राजनीतिक दल र सरकारभित्र हुने भ्रष्टाचारबाट दिक्क भएका नागरिकले विभिन्न पेशाका स्वच्छ छविका योग्य व्यक्तिले बनाउने नयाँ शक्तिलाई साथ दिने दाबी समेत गर्नुभयो । उहाँले नागरिकले साथ दिएकै कारण भारतीय जनता पार्टीले करोडौं रुपैयाँ खर्च गरेर प्रचार गर्दा पनि दिल्लीमा आम आदमी पार्टीले सफलता हाँसिल गरेको बताउनुभयो ।

यस्तै उहाँले संविधानमा मुख्य विषयवस्तुमा प्रमुख दलबीच सहमति हुनु अनिवार्य भएको बताउनुभएको छ । उहाँले संघीयता, न्यायपालिका, राज्यको शासकीय स्वरुप जस्ता मुख्य विषयमा दलहरुले साझा अवधारणा बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतको संविधानको उदाहरण दिँदै मुख्य विषयमा प्रमुख दलहरुबीच साझा अवधारणा बने संविधान दिगो हुने बताउनुभयो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top