नेपाली क्रिकेट समर्थकले गरे प्रदर्शन

Posted by Nepal News on Saturday, February 21, 2015 0

काठमाडौं । नेपाली क्रिकेट समर्थकहरुले नेपाल क्रिकेट संघ क्यान भित्रको भ्रष्टाचार अन्त्य गरी क्रिकेटको विकासमा ध्यान दिन माग गर्दै काठमाडौंको खुलामञ्चमा प्रदर्शन गरेका छन् । ‘नेपाली क्रिकेट बचाउ अभियान’ को अगुवाईमा राष्ट्रिय झण्डा र प्लेकार्ड सहित प्रदर्शन भएको हो ।

शनिबार समर्थकहरुले नेपाल क्रिकेट संघ क्यानको खारेजी हुनुपर्ने र क्रिकेट बोर्ड गठन गर्नुपर्ने माग गरे । उनीहरुले ‘स्टेडियम चाहियो, टुँडिखेलमा खेलेर वल्र्ड जित्न सकिन्न’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 
खुलामञ्चमा भेला भएर उनीहरुले नेपाली क्रिकेटको पक्षमा नाराबाजी समेत गरेका थिए । ‘नेपाली क्रिकेटको विकासमा क्यानले अवरोध पुर्याएकाले त्यसको बिरोधमा प्रदर्शन गरेको अभियानका संस्थापक सनम पाठकले बताउनुभयो ।  

उहाँले क्यानभित्रको राजनीतिक खिचातानी बन्द गरेर खेलाडीको हौसला बढाउनु पर्ने माग रहेको जानकारी दिनुभयो ।  अभियानको तर्फबाट शनिबार पहिलो प्रदर्शन भएको र अब चरणबद्ध रुपमा कार्यक्रम गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top