नेपालको डिभिजन वान उक्लने सपना अधुरो, केन्यासँग ५ विकेटले पराजित

Posted by Nepal News on Friday, January 23, 2015 0

काठमाडौ । केन्यासँग सजिलै ५ विकेटले पराजित भएपछि नेपालको विश्व क्रिकेट लिग डिभिजन १ मा उक्लने सपना समाप्त भएको छ । पराजयसँगैं नेपालले प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चारदिवसीय कप खेल्ने मौका गुमाएको छ ।

नामिबियामा भइरहेको डिभिजन २ को फाइनलमा पुग्न नेपाललाई केन्यासँगको खेलमा जित आवश्यक थियो । टस हारेको नेपाल ४९.५ ओभरमा १ सय ९४ रनमा अलआउट भयो । रेलिगेसनबाट बच्न केन्यालाई जित्नै पर्ने खेलमा अफ्रिकी टोलीले ३५ ओभरमै लक्ष्य पुरा गर्‍यो ।

अन्तिम दिनको खेल अगाडी नेपाल र नामिबियाको समान ६ अंक थियो । नेदरल्यान्ड्स र क्यानाडाको ४-४ अंक थियो । नामिबियाले शुक्रबार क्यानाडालाई ८ विकेटले पराजित गर्‍यो । नेदरल्यान्ड्सको विशाल विजयले नेपालको आशा सवै तुषारापात गरिदियो । युगान्डालाई ७९ रनमा अलआउट गरे पछि नेदरल्यान्ड्सले ६.३ ओभरमै ३ विकेट गुमाई लक्ष्य पुरा गर्‍यो ।

नामिबियासँग नेदरल्यान्ड्स डिभिजन १ मा पुगेको छ । यी दुई टोली फाइनल खेल्ने छ । नेपालले शनिबार केन्यासँगैं तेस्रो स्थानको प्लेअफ खेल्ने छ । क्यानाडा र युगान्डा डिभिजन ३ मा झरेका छन् ।


Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top