सभासद जनार्दशन शर्मा झडपका क्रममा घाइते, टाउकोमा सात टाँका

Posted by Nepal News on Tuesday, January 20, 2015 0


काठमाडौं । बन्दकर्ता र सुरक्षाकर्मीको झडपका क्रममा लाठी प्रहारबाट घाइते भएका एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरको टाउकामा सातवटा टाँका लगाइएको छ । काठमाडौंको बिजुलीबजारमा मंगलबार प्रभाकरमाथि लाठी प्रहार भएको थियो ।

सभासद शर्माले आफुमाथि दिउँसै धम्की आएको बताएका छन् ।  दिउँसै इन्टरनेट नम्बरबाट फोन आएको उनले बताए। शर्माका अनुसारलाई फोन गर्ने व्यक्तिले सोमबार राति संविधानसभामा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको भन्दै  उनीमाथि आक्रमणको धम्की दिएको थियो ।

‘मलाई दिउँसै धम्की आएको थियो,’ नर्भिक अस्पतालको शैयाबाट शर्माले भने, ‘प्रचण्ड बिजुली बजारको कार्यक्रमलाई सम्बोधन गर्न आएकाबेला हुलमुल भयो, त्यहीबेला अगाडिबाटै एक व्यक्तिले टाउकोमा लाठी हान्यो ।’
एमाओवादी अध्यक्ष प्रचण्ड बन्दकर्ताको सभालाई सम्वोधन गर्न बिजुलीबजार पुग्नेबेला बन्दकर्ता र  प्रचण्डकै सुरक्षाकर्मीबीच झडप भएको थियो ।

शर्माले संयमित रहन कार्यकर्ताहरुको भीडलाई आग्रह गरिरहेका थिए । त्यहीबेला उनीमाथि अकस्मात आक्रमण भएको थियो । त्यसलगत्तै उनका सहयोगी विक्रान्तलगायतका कार्यकर्ताहरुले उनलाई अस्पताल लगेका थिए ।

आक्रमणबाट एमाओवादी सभासद अनिता परियार र अर्का एकजना सभासद पनि घाइते भएका छन् । उनीहरुलाई पनि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटनामा प्रचण्डका सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top