झलनाथ भन्छन्–हावादारी धम्कीबाट डराउँदैनौं

Posted by Nepal News on Sunday, December 21, 2014 0



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले हावादारी धम्कीबाट नडराउने बताएका छन् । रिपोर्टस नेपालले राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा नेता खनालले माओवादीले गरेको १० वर्षे हतियारसहितको युद्ध देखेकाले अब १९ दलले आन्दोलन गछौं भनेर कुनै धम्की नदिए हुने बताए । 

कार्यक्रममा नेता खनालले भने–‘राजनीतिक गतिरोधको निकास सहमतिबाटै हुन्छ । सहमतिका लागि वार्तामा बसौ, त्यो नै निकासको बाटो हो, यो गछौं, त्यो गर्छौ, यता जान्छौ, उता जान्छौ भनेर कसैले नभने हुन्छ । हावादारी धम्कीबाट जनता अघाइसके ।’

दलहरुबीच संविधान निर्माणमा सहमतिको अन्तिम प्रयास गरिने भन्दै नेता खनालले सहमति नभए बहुमतीय प्रक्रियाबाटै भएपनि माघ ८ मा संविधान ल्याइछाड्ने दाबी गरे । 

उनले आन्दोलन गछौं भन्दै आएका दलहरुलाई लक्षित गर्दै अब हुने आन्दोलनले कुने नतिजा ननिकाल्ने भएकाले सहमतिका साथ अघि बढ्न र नेपाली जनतालाई मान्य हुने संविधान निर्माणमा जुट्न आग्रह गरेका छन् । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top