मेलम्चीको पानी ७३ सालको असोजमा मात्रै काठमाडौं आउने

Posted by Nepal News on Sunday, December 21, 2014 0


काठमाडौं । उपत्यकाबासीको घरमा धारामा मेलम्चीको पानी तोकिएभन्दा ६ महिना ढिलोमात्रै पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले १४ असोज ०७३ मा मात्रै उपत्यकामा पानी वितरण गर्न सकिने संसदीय समितिलाई जानकारी गराएको छ ।
यसअघि आयोजनाले १ वैशाख २०७३ मा मेलम्चीको पानी उपत्यकाबासीको घरमा पुग्ने घोषणा गरेको थियो । सुरुङ निर्माणमा ठेकेदार कम्पनीले ढिलो गरेकाले ६ महिना ढिलो हुने आयोजनाले जनाएको छ ।
संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोली मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणबारे शुक्रबार स्थलगत अनुगमनमा गएको थियो । सो क्रममा आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले प्रगति विवरण बुझाउँदै ठेकेदार कम्पनीले निर्माणमा ढिलाई गरेको बताएका हुन् ।
यसअघि तोकिएको समयअनुसार उपत्यकामा १ वैशाख ०७३ भित्र पानी ल्याउन ठेकेदार कम्पनीले दैनिक ४० मिटरका दरले सुरुङ खन्नुपर्नेथियो । तर, ठेकेदार कम्पनी को(अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना)ले दैनिक २५ मिटरका दरले मात्रै सुरुङ खन्दै आएको छ । आयोजनाको सुरुङमार्गको कुल लम्बाइ २६.६ किमी छ । हालसम्म १०.६२६ किमी सुरुङ मात्र खनिएको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top