इन्डियन सुपर लिगको उपाधि गांगुलीको टिम एट्लेटिको डी कोलकातालाई

Posted by Nepal News on Sunday, December 21, 2014 0

indian_super_league


एजेन्सी । क्रिकेटर शौरभ गांगुलीको फुटबल टिम एट्लेटिको डी कोलकाता इन्डियन सुपर लिगको च्याम्पियन बनेको छ । शनिबार राति मुम्बइस्थित डी वाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा क्रिकेटका बादशाह सचिन तेन्दुल्करको टिम केरला ब्लास्टर्सलाई १÷० ले पराजित गर्दै गांगुलीको टिम कोलकाता सुपर लिगको पहिलो संस्करण विजेता बनेको हो ।
indian_super_league
निर्धारित ९० मिनेटसम्म गोल रहित बराबरीको अवस्थामा कोलकाताका सफ्टिच्युट खेलाडी मोहम्मद रफिकले इन्जुरी समयमा निर्णायक गोल गर्दै टिमलाई विजेता बनाए । खेलको ७४ औँ मिनेटमा मैदान प्रवेश गरेका रफिक कोलकाताका लागि वरदान सावित भए । 

खेलको इन्जुरी समयमा कोलकाताले कर्नर पाएपछि ज्याकब पोडानीको कर्नर किकलाई रफिकले गोल पोष्टको जाली चुमाएका हुन् । पुरै खेल अवधिभर केरलाले कोलकाता माथि दबाब राखेपनि कोलकाताका गोलकिपर इडेल बेतेको उत्कृष्ट प्रदर्शनका कारण केरलाले हार टार्न सकेन । 
indian_super_league
जितसँगै कोलकाताले आठ करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने केरला ब्लास्टर्सले चार करोड रुपैयाँमा चित्त बुझायो । पहिलोपटक आयोजना भएको ईन्डियन सुपर लिग फुटबलको उपाधि भारतीय फुटबलको परम्परागत शक्ति स्थल कोलकाता भित्रिएको हो । भारतीय फुटबलको ईतिहासमा कोलकाताका क्लबहरु ईष्ट बेंगाल र मोहन बगान सबैभन्दा सफल मानिन्छन् । 
indian_super_league
फाइनल खेल हेर्न दुवै टिमका प्रर्वधक सचिन तेन्दुलकर, शौरभ गांगुलीका साथै क्रिकेटर हरभजन सिंह, टेनिस स्टार लिएन्डर पेस, चेन्नइयिन एफसीका लगानीकर्ता मध्येका एक तथा अभिनेता अभिषेक बच्चनलगायतको उपस्थिति रहेको थियो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top