ब्यबसायिक यौन सम्र्पकको एसएमएस पठाउने संस्थाले भन्यो– हाम्रो सन्देशलाई गलत बुझियो

Posted by Nepal News on Sunday, December 21, 2014 0


काठमाण्डौ । काठमाण्डौमा किशोर किशोरी ब्यबसायिक यौन सम्र्पकका लागि उपलब्ध छन भन्ने सन्देश पठाएपछि बिबादमा परेको स्वीस गैरसरकारी संस्थाले आफ्नो एसएमएसलाई गलत रुपमा बुझिएको  भन्दै दु:ख ब्यक्त गरेको छ ।
‘हामीले पठाएको एसएमएस सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाइ पर्न गएकोमा हामीले तत्काल अर्काे एसएमएस पठाइ  हाम्रो उद्देश्य र अभियानवारे प्रष्ट पारेका थियौं ।’ बिज्ञप्तिमा भनिएको छ–‘तथापि केहि प्राविधिक कठिनाइका कारण हामीले पठाएको दोस्रो एसएमएस प्राप्त हुनमा केहि ढिलाइ भएको थियो । यस प्रति हामी दु:खित छौं ।’
संस्थाले बिहीबार पठाएको सन्देशमा काठमाण्डौ आसपासमा ब्यबसायिक यौन सम्बन्धका लागि किशोर किशोरी उपलब्ध रहेको भन्दै सम्र्पकका लागि फोन नम्बर दिइएको थियो । नेपाल टेलिकम र एनसेलबाट पठाइएको सन्देशप्रति उच्च सरकारी नियकाबाट चासो ब्यक्त भएपछि त्यसबारे छानविन सुरु गरिएको थियो ।
उक्त संस्थाले भने आफ्नो सन्देशको उदेश्य बालबालिकाको बेचबिखन रोक्न जनचेतना फैलाउने उदेश्यले यस्तो एसएमएस पठाएको जनाएको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top