गुडिरहेको बसमा करेन्ट लाग्यो, ४ जनाको मृत्यु

Posted by Nepal News on Sunday, December 21, 2014 0


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बसमा करेन्ट लाग्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौबाट कात्तिके जाँदै गरेको जलविरे यातायातको बा २ ख २७०२ नम्वरको यात्रुबाहक बसमा बराम्ची भन्ने स्थानमा करेन्ट लागेको हो ।
बसमा हाईभोल्ट विद्युत प्रवाह हुँदा दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बतासे–३ की ७० वर्षकी मनमायाँ भुजेल, पाँङताङ–८ की ४५ वर्षकी सर्किनी स्याङवो, गोल्चे –४ का रेखबहादुर स्याङवोको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक जनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिए ।
करेन्ट लागेर  २९ जना गम्भीर घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानमा उपचार भइरहेको छ । केहीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उक्त बसमा करेन्ट सर्ट भएर आगो लागेको थियो ।


Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top