What's New Here?

कञ्चनजंगाको पोष्टमा मनाङको गोलको वर्षा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङले सिलगुडीको कञ्चनजंगा क्लब विरुद्ध गोलको वर्षा नै गर्‍यो । पहिलो हाफमा चार गोल गरेको मनाङले दोस्रो हाफमा तीन गोल थप्दै ७-० को जित निकाल्यो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले नवौं मिनेटमा शिव श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा विशाल राई बीले गोल गरे भने ३८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा विशाल राई बीले ब्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ पहिलो हाफमा ४-० को अग्रथा लिन सफल भयो ।

एक पक्षीय खेलको ४८ औं मिनेटमा मनाङका सुशील केसीले गोल गरे । ८८ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे भने ९० औं मिनेटमा कृष्ण कुँवरले गोल गरेपछि मनाङ ७-० को जित हात पार्न सफल भयो ।

कञ्चनजंगाको पोष्टमा मनाङको गोलको वर्षा

Posted by Nepal News No comments

शाहरुख खानले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको नाममा बृहन्मुम्बइ महानगरपालिका (बिएमसी) ले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न भन्दै सूचना जारी गरेको छ । शाहरुखको घर मन्नत मुम्बइको बान्द्रामा छ ।

शाहरुखले आफ्नो घर बाहिरको बाटो छेउको सार्वजनिक जग्गामा गाडी पार्किङ गर्ने स्थान (र्‍याम्प) बनाएका छन् । त्यहाँ उनले आफ्नो भ्यानिटी भ्यान पार्किङ गर्छन् । त्यसले गर्दा बाटोमा हिड्ने बटुवालाई अप्ठ्यारो भएको भन्दै बिएमसीले सात दिन भित्र त्यो जग्गा खाली गर्न भन्दै शाहरुखलाई सूचना पठाएको हो ।

बिएमसीका जनसम्पर्क अधिकृत विजय कोबलेले पार्किङका लागि बनाइएको र्‍याम्प शाहरुख आफैले सात दिनभित्र नहटाएमा महानगरपालिकाले पार्किङ भत्काउने बताउनुभयो । यसअघि बान्द्रा क्षेत्रकी सांसद पुनम महाजनले बिएमसीलाई पत्र लेखेर शाहरुखको घरको बाहिरपट्टी रहेको र्‍याम्प हटाउन आग्रह गरेकी थिइन् ।

२०७२ सालमा ३९ दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले २०७२ सालमा शनिबारबाहेक पर्व, दिवस र चाडबाडमा ३९ दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । २०७२ मा ५२ शनिबार छन् । महिला कर्मचारीले तीज, ऋषि पञ्चमी र जितियालगायत पर्वमा अलग्गै बिदा पाउनेछन् । दसैंमा पाँच दिन र तिहारमा तीन दिन बिदा दिइएको छ । 

वैशाख १ गते नयाँ वर्ष, उभौली पर्वका दिन वैशाख २१ गते सार्वजानिक बिदा छ । जनै पूणिर्मा भदौ १२ र गौरा पर्व भदौ १९ गते शनिबार परेका छन् । बकर इदका दिन पनि सार्वजानिक बिदा छ । किरात जातिको उधौली पर्व र योमरी पुन्हीज्यापु दिवस पुस १० गते बिदा छ । क्रिसमस डे पनि त्यही दिन पर्छ । तमु ल्होसारका दिन पुस १५ गते पनि सार्वजानिक बिदा छ । अघिल्ला वर्षमा माघी र छन्त्याल जातिको राष्ट्रिय पर्वका रूपमा माघ १ गते बिदा दिँदै आएकामा अब उक्त दिन थारू र मगरको समेत राष्ट्रिय पर्वका रूपमा दिइएको छ । माघ २६ गते सोनाम ल्होसारको र फागुन २४ गते महाशिवरात्रिको छुट्टी छ । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ का दिन पनि बिदा छ ।

ग्याल्बो लोसार पर्वका लागि फागुन २६ गते बिदा छ । फागु पूणिर्मा चैत १० मा तराईका २० जिल्लाबाहेक र ११ गते ती जिल्लामा बिदा छ । लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, सहिद र राष्ट्रिय प्रजातन्त्र दिवसका दिन बिदा छ । बुद्ध, श्रीकृष्ण र गुरुनानक जयन्तीमा बिदा दिँदै छ । तर, गुरु नानक जयन्तीमा भने नेपाली शिख धर्मावलम्बी सरकारी कर्मचारीले मात्र बिदा पाउनेछन् । योबाहेक काठमाडौं उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको फोटो देखाउने जात्रा र घोडे जात्राका दिन थप सार्वजनिक बिदा छ ।

धुलीखेलमा युवा व्यवस्थापिका संसद डेन्डिजन प्रधामन्त्री, पुजना भईन सभामुख

काभ्रे । काभ्रेको धुलिखेलमा युवा व्यवस्थापिका संसदको अभ्यासका लागि भेला भएका नमुना संसदहरुले प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षीदलको नेता लगायतलाई निर्वाचित गरेका छन् । देशका १६ जिल्लाका सीमन्तकृत समुदायका ८० जना युवा युवती सम्मिलित युवा व्यवस्थापिका संसदमा भएको निर्वाचनले मकवानपुरका डेन्डिजन लामालाई प्रधामन्त्रीमा चयन गरेको हो । 

कुल ८० मत मध्ये ३५ मत ल्याएर लामा प्रधानमन्त्री निर्वाचित भएका हुन् । त्यस्तै, ३२ मत ल्याएर भोजपुरकी पुजना राई सभामुख निर्वाचित भएकी छिन् । 

 युवा व्यवस्थापिका संसदले प्रमुख प्रतिपक्षी दलको नेतामा बाराका मुकेश शाहलाई चयन गरेको छ भने पुष्पा सुनार प्रतिपक्षी दलको प्रमुख सचेतक चयन भएकी छिन् । 

उता काठमाडौंका विश्वराज अधिकारीले सत्ता पक्षको प्रमुख सचेतकको जिम्मेवारी हात पारेका छन् । शुक्रबारबाट युवा व्यवस्थापिका संसदको अधिवेशन सञ्चालन हुनेछ । 

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, बिभिन्न बिधेयकहरु पारित गरिने कार्यक्रम रहेको छ । युवा व्यवस्थापिका संसदले धुलिखेल घोषणा पत्र जारी गर्ने तथा त्यसलाई संबिधान सभाका सभामुख सुभाषचन्द्र नेम्बाङलाई बुझाउने कार्यक्रम रहेको छ । 

युवाहरुलाई संसदीय अभ्यासमा सामेल गराएर नेतृत्व बिकास तथा भावी दिनमा वैकल्पिक नेतृत्व तयार गर्न खोजिएको हिम राईट्सकी अध्यक्ष अञ्जना शाक्यले बताईन् । 

राप्रपा नेपालले होहल्ला गरिरह्यो..सभाध्यक्षले प्रश्नावली समितिको म्याद ५ दिन थप्ने सुनाइ रहे...

काठमाडौं । राप्रपा नेपालको विरोधका बीच संविधानसभाले प्रश्नावली प्रस्ताव समितिको म्याद ५ दिन थप गरेको छ । बिहीबार बसेको संविधानसभाको बैठकमा राप्रपा नेपालले अवरोध गरेपनि बैकठले म्याद थप गर्ने निर्णय गरेको हो ।

प्रश्नावली प्रस्ताव समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई संविधानसभाको बैठकको सर्वसम्मतिले पारित गरेको थियो । प्रश्नावली समितिको कार्य्विधिमा आफूहरुका एजेन्डा राख्न नमिल्ने गरी बनाइएको भन्दै राप्रपा नेपालका सभासदहरुले रोष्ट्रम घेरेका थिए । अवरोधकाबीच नै जेष्ठ सदस्य गुरुङले म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

सभाध्यक्ष सुवासचन्द्र नेवाङले पटक–पटक राप्रपा नेपालका सभासदहरुलाई बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि हो–हल्लाबीच नै प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

सभाध्यक्ष नेवाङले संविधानसभामा सत्तारुढ र विपक्षी नहुने भन्दै सकभर संविधानसभामा ६ सय १ सभासदकै उपस्थिति होस् भन्ने आफूले चाहेको पनि बताउनुभयो । तर, कोही अनुपस्थित हुँदैमा बैठक प्रभावित नहुने उहाँले स्पष्ट पार्नुभयो ।

संविधानसभाको अर्को बैठक माघ २९ गते बस्ने छ । 

यसैबीच, संविधानसभाको बैठक सकिएलगत्तै प्रधानमन्त्री सुशील कोइराला र सभाध्यक्ष नेम्वाङले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग वार्ता गरेका थिए ।
दुवैले आफ्ना मागमा सकारात्मक जवाफ दिएको भन्दै थापाले आफूहरु त्यसको कार्यान्वयनको प्रतीक्षामा रहेको प्रतिक्रिया दिनुभयो ।

राप्रपा नेपालले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विषयलाई पनि प्रश्नावलीमा समेट्नु पर्ने माग गरेको छ ।

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top