राप्रपा नेपालले होहल्ला गरिरह्यो..सभाध्यक्षले प्रश्नावली समितिको म्याद ५ दिन थप्ने सुनाइ रहे...

Posted by Nepal News on Thursday, February 5, 2015 0

काठमाडौं । राप्रपा नेपालको विरोधका बीच संविधानसभाले प्रश्नावली प्रस्ताव समितिको म्याद ५ दिन थप गरेको छ । बिहीबार बसेको संविधानसभाको बैठकमा राप्रपा नेपालले अवरोध गरेपनि बैकठले म्याद थप गर्ने निर्णय गरेको हो ।

प्रश्नावली प्रस्ताव समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई संविधानसभाको बैठकको सर्वसम्मतिले पारित गरेको थियो । प्रश्नावली समितिको कार्य्विधिमा आफूहरुका एजेन्डा राख्न नमिल्ने गरी बनाइएको भन्दै राप्रपा नेपालका सभासदहरुले रोष्ट्रम घेरेका थिए । अवरोधकाबीच नै जेष्ठ सदस्य गुरुङले म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

सभाध्यक्ष सुवासचन्द्र नेवाङले पटक–पटक राप्रपा नेपालका सभासदहरुलाई बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि हो–हल्लाबीच नै प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

सभाध्यक्ष नेवाङले संविधानसभामा सत्तारुढ र विपक्षी नहुने भन्दै सकभर संविधानसभामा ६ सय १ सभासदकै उपस्थिति होस् भन्ने आफूले चाहेको पनि बताउनुभयो । तर, कोही अनुपस्थित हुँदैमा बैठक प्रभावित नहुने उहाँले स्पष्ट पार्नुभयो ।

संविधानसभाको अर्को बैठक माघ २९ गते बस्ने छ । 

यसैबीच, संविधानसभाको बैठक सकिएलगत्तै प्रधानमन्त्री सुशील कोइराला र सभाध्यक्ष नेम्वाङले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग वार्ता गरेका थिए ।
दुवैले आफ्ना मागमा सकारात्मक जवाफ दिएको भन्दै थापाले आफूहरु त्यसको कार्यान्वयनको प्रतीक्षामा रहेको प्रतिक्रिया दिनुभयो ।

राप्रपा नेपालले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विषयलाई पनि प्रश्नावलीमा समेट्नु पर्ने माग गरेको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top