२०७२ सालमा ३९ दिन सार्वजनिक विदा

Posted by Nepal News on Friday, February 6, 2015 0

काठमाडौं । सरकारले २०७२ सालमा शनिबारबाहेक पर्व, दिवस र चाडबाडमा ३९ दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । २०७२ मा ५२ शनिबार छन् । महिला कर्मचारीले तीज, ऋषि पञ्चमी र जितियालगायत पर्वमा अलग्गै बिदा पाउनेछन् । दसैंमा पाँच दिन र तिहारमा तीन दिन बिदा दिइएको छ । 

वैशाख १ गते नयाँ वर्ष, उभौली पर्वका दिन वैशाख २१ गते सार्वजानिक बिदा छ । जनै पूणिर्मा भदौ १२ र गौरा पर्व भदौ १९ गते शनिबार परेका छन् । बकर इदका दिन पनि सार्वजानिक बिदा छ । किरात जातिको उधौली पर्व र योमरी पुन्हीज्यापु दिवस पुस १० गते बिदा छ । क्रिसमस डे पनि त्यही दिन पर्छ । तमु ल्होसारका दिन पुस १५ गते पनि सार्वजानिक बिदा छ । अघिल्ला वर्षमा माघी र छन्त्याल जातिको राष्ट्रिय पर्वका रूपमा माघ १ गते बिदा दिँदै आएकामा अब उक्त दिन थारू र मगरको समेत राष्ट्रिय पर्वका रूपमा दिइएको छ । माघ २६ गते सोनाम ल्होसारको र फागुन २४ गते महाशिवरात्रिको छुट्टी छ । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ का दिन पनि बिदा छ ।

ग्याल्बो लोसार पर्वका लागि फागुन २६ गते बिदा छ । फागु पूणिर्मा चैत १० मा तराईका २० जिल्लाबाहेक र ११ गते ती जिल्लामा बिदा छ । लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, सहिद र राष्ट्रिय प्रजातन्त्र दिवसका दिन बिदा छ । बुद्ध, श्रीकृष्ण र गुरुनानक जयन्तीमा बिदा दिँदै छ । तर, गुरु नानक जयन्तीमा भने नेपाली शिख धर्मावलम्बी सरकारी कर्मचारीले मात्र बिदा पाउनेछन् । योबाहेक काठमाडौं उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको फोटो देखाउने जात्रा र घोडे जात्राका दिन थप सार्वजनिक बिदा छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top