शाहरुख खानले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम

Posted by Nepal News on Friday, February 6, 2015 0

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको नाममा बृहन्मुम्बइ महानगरपालिका (बिएमसी) ले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न भन्दै सूचना जारी गरेको छ । शाहरुखको घर मन्नत मुम्बइको बान्द्रामा छ ।

शाहरुखले आफ्नो घर बाहिरको बाटो छेउको सार्वजनिक जग्गामा गाडी पार्किङ गर्ने स्थान (र्‍याम्प) बनाएका छन् । त्यहाँ उनले आफ्नो भ्यानिटी भ्यान पार्किङ गर्छन् । त्यसले गर्दा बाटोमा हिड्ने बटुवालाई अप्ठ्यारो भएको भन्दै बिएमसीले सात दिन भित्र त्यो जग्गा खाली गर्न भन्दै शाहरुखलाई सूचना पठाएको हो ।

बिएमसीका जनसम्पर्क अधिकृत विजय कोबलेले पार्किङका लागि बनाइएको र्‍याम्प शाहरुख आफैले सात दिनभित्र नहटाएमा महानगरपालिकाले पार्किङ भत्काउने बताउनुभयो । यसअघि बान्द्रा क्षेत्रकी सांसद पुनम महाजनले बिएमसीलाई पत्र लेखेर शाहरुखको घरको बाहिरपट्टी रहेको र्‍याम्प हटाउन आग्रह गरेकी थिइन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top