What's New Here?

पलको पहिलो प्रेमिकासँगको कमब्याग

जति बेला पल शाह मोडलिङ फिल्डमा करियर खोजिरहेका थिए, त्यसबेला उनले न्यूकमर मोडल श्रद्धा काम्बाङसँग पहिलो म्युजिक भिडियो खेल्ने अवसर पाए । पल र श्रद्धाको डेब्यु म्युजिक भिडियो ‘तिम्रो यादमा’ ले पललाई मोडलिङ फिल्डमा लामो दौड गरायो भने श्रद्धा त्यही रोकिन् । 

करिब दुई वर्ष अगाडि मोडलिङ करियर सुरु गरेका पलले अहिले सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सक्दा श्रद्धा भने त्यसपछि कतै देखिइनन् । तर, अहिले समयले कोल्टे फेर्दा पलकी पहिलो प्रेमिका श्रद्धा फेरि पलसँगै कमब्याग भएकी छिन् ।

गायक धनु ज्ञाङमीको ‘तिर्खा लाग्यो...प्यास मेट्यौँ’ गीतको भिडियोमा श्रद्धा फेरि एक पटक पलसँग दोहोरिएकी हुन् । 

युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको भिडियोमा पल र श्रद्धाले दुई वर्ष अघि छुटेको प्रेमलाई पुनः जोड्दै रोमान्स गरेका छन् ।

भिडियो हेर्नुहोस्

पलको पहिलो प्रेमिकासँगको कमब्याग

Posted by Nepal News No comments

टर्किस एयरको जहाज काठमाडौं विमानस्थलमा दुर्घटना, यात्रुको सकुशल उद्दार (फाेटाेसहित)

काठमाडौं । टर्कीको इस्तानबुलबाट २ सय ४८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरको जहाज काठमाडौँ विमानस्थलमा दुर्घटना भएको छ । यद्दपी, जहाजमा सवार सबै यात्रुको भने सकुशल उद्दार गरिएको छ ।

पाइलटले बुद्धीमता पूर्ण ढंगले अवतरण गराएकाले  कहालीलाग्दो दुर्घटनाबाट आफूहरु बचेको प्रतिक्रिया यात्रुहरुले दिएका छन्।

काठमाडौं विमानस्थलमा बुधबार बिहान पौने आठ बजे अवतरण गर्ने क्रममा विमान रन वे भन्दा बाहिरको घाँसे मैदानमा घस्रिएका थियो ।

अवतरणका क्रममा जहाजको टायर ननिस्किएपछि पाइलटले दुई पटकसम्म प्रयास गर्दा पनि असफल भएका थिए । यात्रुले दिएको जानकारीअनुसार जहाजलाई दुईपटकसम्म अवतरण गराउँदा पनि टायर ननिस्केपछि उनले पानै आठ बजे तेस्रोपटक जबरजस्ती आपतकालीन अवतरण गराएका थिए । 
 
तेस्रो पटकको प्रयासमा जहाजको पछाडिको टायर निस्केपनि अगाडी टायर ननिस्कदा जहाज रन वे भन्दा बाहिर मोडिएको थियो । त्यसक्रममा निकै ठूलो आवाज आएको र यात्रुहरुबीच कोलाहाल मच्चिएको थियो ।

घाँसे मैदानमा मोडिएको टायर पड्किएर ठूलो आवाज आएको थियो । विमानको टायर क्षतिग्रस्त भएको छ भने इन्जिनमा पनि सामान्य क्षति पुगेको छ । जहाजको अघिल्लो भाग जमिनमा धसिएको छ ।

नेपाली क्रिकेट समर्थकले गरे प्रदर्शन

काठमाडौं । नेपाली क्रिकेट समर्थकहरुले नेपाल क्रिकेट संघ क्यान भित्रको भ्रष्टाचार अन्त्य गरी क्रिकेटको विकासमा ध्यान दिन माग गर्दै काठमाडौंको खुलामञ्चमा प्रदर्शन गरेका छन् । ‘नेपाली क्रिकेट बचाउ अभियान’ को अगुवाईमा राष्ट्रिय झण्डा र प्लेकार्ड सहित प्रदर्शन भएको हो ।

शनिबार समर्थकहरुले नेपाल क्रिकेट संघ क्यानको खारेजी हुनुपर्ने र क्रिकेट बोर्ड गठन गर्नुपर्ने माग गरे । उनीहरुले ‘स्टेडियम चाहियो, टुँडिखेलमा खेलेर वल्र्ड जित्न सकिन्न’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 
खुलामञ्चमा भेला भएर उनीहरुले नेपाली क्रिकेटको पक्षमा नाराबाजी समेत गरेका थिए । ‘नेपाली क्रिकेटको विकासमा क्यानले अवरोध पुर्याएकाले त्यसको बिरोधमा प्रदर्शन गरेको अभियानका संस्थापक सनम पाठकले बताउनुभयो ।  

उहाँले क्यानभित्रको राजनीतिक खिचातानी बन्द गरेर खेलाडीको हौसला बढाउनु पर्ने माग रहेको जानकारी दिनुभयो ।  अभियानको तर्फबाट शनिबार पहिलो प्रदर्शन भएको र अब चरणबद्ध रुपमा कार्यक्रम गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

नेपालमा पनि भ्रष्टाचार विरोधी नयाँ शक्ति बनाउन आपका प्रवक्ताको सुझाव

काठमाडौं । भारतको आम आदमी पार्टी (आप) का केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक भएको बताउनु भएको छ । भ्रष्टाचारबाट दिक्क भएका जनताले स्वच्छ छविका योग्य व्यक्तिलाई साथ दिने उहाँको भनाइ छ ।

शनिबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै आम आदमी पार्टीका १३ जना प्रवक्तामध्येका एक आशुतोषले आम आदमी पार्टीमा पनि कहिल्यै राजनीतिमा नलागेका व्यक्तिहरु संलग्न भएको भन्दै नेपालमा पनि त्यस्तो नयाँ प्रयोग गर्न उपयुक्त हुने बताउनुभयो ।

उहाँले राजनीतिक दल र सरकारभित्र हुने भ्रष्टाचारबाट दिक्क भएका नागरिकले विभिन्न पेशाका स्वच्छ छविका योग्य व्यक्तिले बनाउने नयाँ शक्तिलाई साथ दिने दाबी समेत गर्नुभयो । उहाँले नागरिकले साथ दिएकै कारण भारतीय जनता पार्टीले करोडौं रुपैयाँ खर्च गरेर प्रचार गर्दा पनि दिल्लीमा आम आदमी पार्टीले सफलता हाँसिल गरेको बताउनुभयो ।

यस्तै उहाँले संविधानमा मुख्य विषयवस्तुमा प्रमुख दलबीच सहमति हुनु अनिवार्य भएको बताउनुभएको छ । उहाँले संघीयता, न्यायपालिका, राज्यको शासकीय स्वरुप जस्ता मुख्य विषयमा दलहरुले साझा अवधारणा बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतको संविधानको उदाहरण दिँदै मुख्य विषयमा प्रमुख दलहरुबीच साझा अवधारणा बने संविधान दिगो हुने बताउनुभयो ।

सिमिकोट विमानस्थलमा दुई विमान आपसमा ठोक्किए

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलमा दुई जहाज एकापसमा ठोक्किएका छन् । तारा एअरको जहाजले रोकिइरहेको सीता एअरको जहाजलाई ठक्कर दिएको हो ।

विमानस्थलको धावनमार्गमा उडान भर्नेक्रममा सीता एअर र तारा एअरको ट्विनेटर जहाज एकापसमा ठोक्किादा सीता एयरको दााहिने पखेटामा समान्य क्षति पुगेको छ ।

‘नाइन ए एच आर’को तारा एअरले शनिबार बिहान ८ बजे पार्किङमा रहेको ‘नाइन एन ए वी एम’को सीता एअरलाई ठक्कर दिएको हुम्ला विमानस्थलले जनाएको छ । दुई विमान एकापसमा ठोक्किएपनि मानवीय क्षति भने भएको छैन ।

एअरपोर्टको पहेलो रंगको लाइनमा आफू प्रवेश गर्दा–गदै पनि विमानको पखेंटा सीता एअरको पखेंटामा ठोक्किादा क्षति भएको तारा एअरका क्याप्टेन रोशन मानन्धरले बताएका छन् ।

तारा एअरको विमानमा क्षति भएको नदेखिएपनि घटनाको छानबिन र क्षतिको विवरण एकीन गर्न सिविलाइजेसनबाट विज्ञहरु आएपछि मात्र घटनाको अवस्था विश्लेषण गरिने विमानस्थलले जनाएको छ ।
दुर्घटनापछि दुवै विमान ग्राउन्डेड भएका छन् ।

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top