What's New Here?

नपढाई जागिर खाए शिक्षकले

जाजरकोट । यहाँ विद्यालयमा नपढाएर जागिर खाने शिक्षकको सङ्ख्या ठूलो रहेको तथ्य सार्वजनिक भएको छ । 

जिल्लामा नयाँ शैक्षिकसत्रको सुरु हुनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनुगमन गर्दा ठूलो सङ्ख्यामा शिक्षकहरु विद्यालयमा उपस्थित नभएर जागिर खाने गरेको खुलासा भएको हो । 

जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार १५० जनाभन्दा बढी शिक्षक विद्यालयमा नआएर जागिर खाने गरेको तथ्य पत्ता लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । 

नयाँ शैक्षिक सत्रको सुरुमै जाजरकोटका ४० प्रतिशत विद्यालयमा अनुगमन गर्दा ६९ जना शिक्षक विद्यालयमा नभेटिएको जिशिअ सिंहले बताउनुभयो । 

विद्यालयमा नभेटिएका शिक्षकको हाजिर हेर्दा गयल समय अवधि एक दिनदेखि झन्डै छ वर्षसम्मको रहेको छ । अनुगमन गर्न बाँकी ६० प्रतिशत रहेका विद्यालयमा झन्डै ९० जनाभन्दा बढी शिक्षक गयल अवस्थामा रहेको कार्यालयको दाबी छ । 

सात महिना १५ दिनसम्म गयल हुने शिक्षकमा प्रेमज्योति प्राथमिक विद्यालय मैनपाखा दहका शिक्षक मनवीर थापा रहेको जिशिकाले जानकारी दिएको छ । 

त्यसैगरी झन्डै छ वर्षसम्म गयल हुनेमा तपोभूमि माध्यमिक विद्यालय ध्यार गाउँ रग्दाका विज्ञान विषयका शिक्षक योगेन्द्रनाथ चौवे रहेका छन् । सबै गयल हुने शिक्षकको गणना गर्दा झन्डै १५० भन्दा बढी सङ्ख्या रहेको छ । 

विद्यालयमा अध्यापन नगराई गयल भएका शिक्षकको तलब कटौती गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । विद्यालयमा पाठ्यपुस्तक अभाव र विद्यार्थी अनुपस्थित भएको बहाना बनाएर शिक्षक गयल हुनु भनेको लज्जाजनक विषय भएको जिशिअ सिंहको भनाइ रहेको छ । 

विद्यालयमा वर्षौंदेखि अनुपस्थित शिक्षकलाई कारबाहीका लागि जिल्लाबाट सिफारिस गरी पठाइसकिएको तर विभागले कारबाही गर्न नसकेको उहाँको भनाइ छ । रासस 

नपढाई जागिर खाए शिक्षकले

Posted by Nepal News No comments

पलको पहिलो प्रेमिकासँगको कमब्याग

जति बेला पल शाह मोडलिङ फिल्डमा करियर खोजिरहेका थिए, त्यसबेला उनले न्यूकमर मोडल श्रद्धा काम्बाङसँग पहिलो म्युजिक भिडियो खेल्ने अवसर पाए । पल र श्रद्धाको डेब्यु म्युजिक भिडियो ‘तिम्रो यादमा’ ले पललाई मोडलिङ फिल्डमा लामो दौड गरायो भने श्रद्धा त्यही रोकिन् । 

करिब दुई वर्ष अगाडि मोडलिङ करियर सुरु गरेका पलले अहिले सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सक्दा श्रद्धा भने त्यसपछि कतै देखिइनन् । तर, अहिले समयले कोल्टे फेर्दा पलकी पहिलो प्रेमिका श्रद्धा फेरि पलसँगै कमब्याग भएकी छिन् ।

गायक धनु ज्ञाङमीको ‘तिर्खा लाग्यो...प्यास मेट्यौँ’ गीतको भिडियोमा श्रद्धा फेरि एक पटक पलसँग दोहोरिएकी हुन् । 

युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको भिडियोमा पल र श्रद्धाले दुई वर्ष अघि छुटेको प्रेमलाई पुनः जोड्दै रोमान्स गरेका छन् ।

भिडियो हेर्नुहोस्

टर्किस एयरको जहाज काठमाडौं विमानस्थलमा दुर्घटना, यात्रुको सकुशल उद्दार (फाेटाेसहित)

काठमाडौं । टर्कीको इस्तानबुलबाट २ सय ४८ यात्रु बोकेर काठमाडौं आएको टर्किस एयरको जहाज काठमाडौँ विमानस्थलमा दुर्घटना भएको छ । यद्दपी, जहाजमा सवार सबै यात्रुको भने सकुशल उद्दार गरिएको छ ।

पाइलटले बुद्धीमता पूर्ण ढंगले अवतरण गराएकाले  कहालीलाग्दो दुर्घटनाबाट आफूहरु बचेको प्रतिक्रिया यात्रुहरुले दिएका छन्।

काठमाडौं विमानस्थलमा बुधबार बिहान पौने आठ बजे अवतरण गर्ने क्रममा विमान रन वे भन्दा बाहिरको घाँसे मैदानमा घस्रिएका थियो ।

अवतरणका क्रममा जहाजको टायर ननिस्किएपछि पाइलटले दुई पटकसम्म प्रयास गर्दा पनि असफल भएका थिए । यात्रुले दिएको जानकारीअनुसार जहाजलाई दुईपटकसम्म अवतरण गराउँदा पनि टायर ननिस्केपछि उनले पानै आठ बजे तेस्रोपटक जबरजस्ती आपतकालीन अवतरण गराएका थिए । 
 
तेस्रो पटकको प्रयासमा जहाजको पछाडिको टायर निस्केपनि अगाडी टायर ननिस्कदा जहाज रन वे भन्दा बाहिर मोडिएको थियो । त्यसक्रममा निकै ठूलो आवाज आएको र यात्रुहरुबीच कोलाहाल मच्चिएको थियो ।

घाँसे मैदानमा मोडिएको टायर पड्किएर ठूलो आवाज आएको थियो । विमानको टायर क्षतिग्रस्त भएको छ भने इन्जिनमा पनि सामान्य क्षति पुगेको छ । जहाजको अघिल्लो भाग जमिनमा धसिएको छ ।

नेपाली क्रिकेट समर्थकले गरे प्रदर्शन

काठमाडौं । नेपाली क्रिकेट समर्थकहरुले नेपाल क्रिकेट संघ क्यान भित्रको भ्रष्टाचार अन्त्य गरी क्रिकेटको विकासमा ध्यान दिन माग गर्दै काठमाडौंको खुलामञ्चमा प्रदर्शन गरेका छन् । ‘नेपाली क्रिकेट बचाउ अभियान’ को अगुवाईमा राष्ट्रिय झण्डा र प्लेकार्ड सहित प्रदर्शन भएको हो ।

शनिबार समर्थकहरुले नेपाल क्रिकेट संघ क्यानको खारेजी हुनुपर्ने र क्रिकेट बोर्ड गठन गर्नुपर्ने माग गरे । उनीहरुले ‘स्टेडियम चाहियो, टुँडिखेलमा खेलेर वल्र्ड जित्न सकिन्न’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 
खुलामञ्चमा भेला भएर उनीहरुले नेपाली क्रिकेटको पक्षमा नाराबाजी समेत गरेका थिए । ‘नेपाली क्रिकेटको विकासमा क्यानले अवरोध पुर्याएकाले त्यसको बिरोधमा प्रदर्शन गरेको अभियानका संस्थापक सनम पाठकले बताउनुभयो ।  

उहाँले क्यानभित्रको राजनीतिक खिचातानी बन्द गरेर खेलाडीको हौसला बढाउनु पर्ने माग रहेको जानकारी दिनुभयो ।  अभियानको तर्फबाट शनिबार पहिलो प्रदर्शन भएको र अब चरणबद्ध रुपमा कार्यक्रम गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

नेपालमा पनि भ्रष्टाचार विरोधी नयाँ शक्ति बनाउन आपका प्रवक्ताको सुझाव

काठमाडौं । भारतको आम आदमी पार्टी (आप) का केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक भएको बताउनु भएको छ । भ्रष्टाचारबाट दिक्क भएका जनताले स्वच्छ छविका योग्य व्यक्तिलाई साथ दिने उहाँको भनाइ छ ।

शनिबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै आम आदमी पार्टीका १३ जना प्रवक्तामध्येका एक आशुतोषले आम आदमी पार्टीमा पनि कहिल्यै राजनीतिमा नलागेका व्यक्तिहरु संलग्न भएको भन्दै नेपालमा पनि त्यस्तो नयाँ प्रयोग गर्न उपयुक्त हुने बताउनुभयो ।

उहाँले राजनीतिक दल र सरकारभित्र हुने भ्रष्टाचारबाट दिक्क भएका नागरिकले विभिन्न पेशाका स्वच्छ छविका योग्य व्यक्तिले बनाउने नयाँ शक्तिलाई साथ दिने दाबी समेत गर्नुभयो । उहाँले नागरिकले साथ दिएकै कारण भारतीय जनता पार्टीले करोडौं रुपैयाँ खर्च गरेर प्रचार गर्दा पनि दिल्लीमा आम आदमी पार्टीले सफलता हाँसिल गरेको बताउनुभयो ।

यस्तै उहाँले संविधानमा मुख्य विषयवस्तुमा प्रमुख दलबीच सहमति हुनु अनिवार्य भएको बताउनुभएको छ । उहाँले संघीयता, न्यायपालिका, राज्यको शासकीय स्वरुप जस्ता मुख्य विषयमा दलहरुले साझा अवधारणा बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतको संविधानको उदाहरण दिँदै मुख्य विषयमा प्रमुख दलहरुबीच साझा अवधारणा बने संविधान दिगो हुने बताउनुभयो ।

Latest Tweets

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top