कुखुरा जस्तो खेर्सिने होइन, चिल जस्तो हुनु पर्छ : बाबुराम

Posted by Nepal News on Saturday, January 17, 2015 0

काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नेतृत्वले कुखुरा जस्तै भूईमा ओर्लिएर खोर्सिने नभई चिलजस्तो माथि उठेर निकास दिनुपर्ने बताएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदन पेश गर्दै  डा. भट्टराईले भने, ‘एक अर्काप्रति दाउपेच गरेर होइन, कसरी निकास दिन्छौं भनेर जनतालाई विश्वास दिलाउनुपर्छ ।’

भट्टराईले यतिबेला कित्ताबन्दी गरेर मुलुकलाई अर्को द्वन्द्वमा फर्काउनेतिर नभई जिम्मेवार ढंगले निकास दिनुपर्नेमा जोड दिए। उनले भने–यतिबेला मुलुकलाई ऋषिमन भएको नेता चाहिएको छ ।

यसअघिका ९ महिनामा भन्दा चार दिनमा उपलब्धीमूलक छलफल भएको भन्दै डा. भट्टराईले धेरै विषयमा सहमति नजिक पुगेको बताए ।

डा. भट्टराईका अनुसार न्याय प्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणालीमा मिश्रितमा सहमति भएको छ । तर, समानुपातिक र प्रत्यक्षको प्रतिशत मिल्न बा“की छ ।

डा. भट्टराईले संघीयतामा पनि दलहरु सहमति नजिक पुगेको बताए । अघिल्लो सविधानसभाको राज्य पुनःसंंरचना समिति र आयोग तय गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधारका साथै एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जाति र भाषालाई प्रदेश दिन सकिन्छ भनेर दलका शीर्ष नेताहरुबीच सहमति भएको उनले संविधानसभालाई जानकारी गराए ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top