८२ प्रतिशत जनताले पिउने पानी दूषित

Posted by Nepal News on Saturday, January 17, 2015 0

काठमाडौं ।  सरकारले सन् २०१७ सम्म सबै घरमा स्वच्छ पानी पुर्‍याउने लक्ष्य राखे पनि ८२ प्रतिशत जनताले प्रयोग गर्ने पानीको स्रोतमा हैजाको जीवाणु इकोलाइ पाइएको छ ।

राष्ट्रिय तथ्यांक विभागले गरेको बहुसूचक सर्वेक्षण २०७०/०७१ म यस्तो तथ्य पत्ता लागेको हो । 

९३ प्रतिशतले प्रयोग गर्ने खानेपानीको सुधारिएको स्रोत परीक्षण गर्दा अशुद्ध पाइएको विभागका निर्देशक कृष्ण तुलाधरले जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।

सर्वेक्षणका क्रममा छनोटमा परेका परिवारको पिउने पानीमा हानिकारक जिवाणु इकोलाइ परीक्षण गरिएको थियो । राष्ट्रियस्तरमै गरिएको यो परीक्षणमा ८२ प्रतिशतले प्रयोग गर्ने पानीमा जीवाणु पाइएको तुलाधरले बताए ।

बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिबेदनअनुसार करिब ६० प्रतिशत घरपरिवार सदस्यले मात्र सुधारिएको सुविधा –चर्पी) प्रयोग गरेका थियो । महिला, बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्यांक उपलब्ध गराउने सर्बेक्षण करिक १३ हजार घरपरिवारमा गरिएको थियो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top