नयाँ बानेश्वरमा नांगो जुलुस

Posted by Nepal News on Saturday, January 17, 2015 0

काठमाडौं । माघ ८ को मिति नजिकिँदै जाँदा सडकमा उदेकलाग्दा दृश्य देख्न पाइने भएको छ । आफैं सरकारमा बसेर जनतालाई संविधान दिन नसकेका सत्तापक्षकै नेता-कार्यकर्ता समेत संविधानको माग गर्दै सडकमा उत्रन थालेका छन् ।

समयमै संविधान बनाउन माग गर्दै सत्तारुढ एमालेको भातृ संगठन युवा संघ सडक आन्दोलनमा उत्रने भएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेतृत्व गरेको युवा संघले शनिबार नयाँ बानेश्वरमा अर्धनग्न जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

माघ ८ भित्रै संविधान नबनाए ६०१ सभासदहरु नांगिने भन्दै अर्धनग्न जुलुस प्रदर्शन गर्न लागिएको युवासंघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । अर्धनग्न युवाहरुले संविधानसभा वपरिपरि प्रदर्शन गर्ने उनले बताए ।

विपक्षीमाथि ज्ञानेन्द्र शैलीको दमन

यसैवीच कांग्रेस र एमालेले नेतृत्व गरेको लोकतान्त्रिक सरकारले ज्ञानेन्द्रकै पालामा जसरी विपक्षीहरुको प्रदर्शनमाथि लाठी चार्ज र धरपकड सुरु गरेको छ । शुक्रबार रत्नपार्कमा शान्तिपूर्ण सभा गरिरहेका बेला पदमसुन्दर नेतृत्वको मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेर केहीलाई घाइते बनाएको थियो ।

प्रहरीको लाठी चार्जबाट मल्लके सुन्दर लगायतका नेता कार्यकर्ता घाइते बनेका थिए । आदिवासी जनजाति आन्दोलनका संयोजक तुलाधरले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्न नदिने र भौतिक आक्रमण गरी अंगभंग गर्ने कार्य पञ्चायतकालमा पनि नहुने गरेको मल्लके सुन्दरले बताएका छन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top