डिभिजन टु क्रिकेटमा नेपालले आज युगान्डासँग खेल्दै

Posted by Nepal News on Saturday, January 17, 2015 0

काठमाडौं । आइसीसी विश्व लिग क्रिकेट डिभिजन दुईको आफ्नो पहिलो खेल नेपालले शनिबार अफ्रिकी प्रतिद्वन्द्वी युगान्डाको सामना गर्ने भएको छ ।

नामिबियाको विन्डोहोक मैदानमा हुने प्रतियोगितामा नेपालले युगान्डासँग भिडी  प्रतियोगिताको सुरुआत गर्न लागेको हो । नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो ।  केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनी तथा युगान्डा उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गरेका थिए ।  

त्यस्तै यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन तीनमा पनि नेपालले युगान्डालाई नै फाइनल खेलमा छ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । अहिलेसम्म नेपाल र युगान्डा पाँच पटक भिडेका छन् जसमा नेपालका पक्षमा तीन र युगान्डाको पक्षमा २ खेल छ । 

डिभिजन दुईमा भने युगान्डाको यो चौथो सहभागिता हो । सन् २००७ मा पहिलो पटक डिभिजन दुई खेलेको युगान्डा अहिलेसम्म टिक्न सकेको छैन । युगान्डाको डिभिजन तीनमा हरेक पटक उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गर्ने गरेको इतिहास छ । प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड्स, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top