एक मधेस प्रदेशको माग सुन्दा हाँस उठ्छ : झलनाथ

Posted by Nepal News on Saturday, January 17, 2015 0

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जातीय आधारमा प्रदेश कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । उनले एक मधेस प्रदेशको माग हाँसउठ्दो भएको बताएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै खनालले भने, देशमा १ सय २५ जाति छन्, कुनैलाई दिने, कुनैलाई नदिने भन्न हामी सक्दैनौं, त्यसो भएका हुँदा १ सय २५ जातिलाई प्रदेश दिनुपर्छ, यो हुन सक्दैन ।’

एक मधेस प्रदेशको माग सुन्दा नै हाँस उठ्नेखालको भएको खनालले बताए । मधेसमा पहाडको उपनिवेश नभएको भन्दै उनले भने–एमाले मधेसको विरोधी होइन ।’

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले भनेजस्तो आफूहरु सहमति नजिक रहेको खनालले स्वीकार गरे । उनले माओवादीको नाम नलिई भने–‘निकट पुगेका छौं भने आन्दोलनको कुरा किन ? बसेर छलफल गरौं ।’

खनालले अघि भने–‘हामी सहमति चाहन्छौं, सहमति भएन भने हाँसीहाँसी प्रक्रियामा जाऔं ।’ खनालले यसोभन्दा सत्तारुढ सभासदहरुले ताली बजाएका थिए ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top