काठमाडौंमा दिनदहाडै १९ लाख लुटिइयो

Posted by Nepal News on Wednesday, February 4, 2015 0

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको साथबाट झण्डै १९ लाख रुपैयाँ लुटिएको छ । नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज रहेको भवनमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम निकालेर निस्किएकी कलंकीकी सरस्वती आचार्यको साथबाट झण्डै १९ लाख रुपैयाँ लुटिएको हो ।

सिनामंगलमा हाम्रो चितवन मनिट्रान्सफर सञ्चालन गर्दै आएकी आचार्यले बैंकबाट निकालेको १८ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ मनिट्रान्सफरमा लैजाने क्रममा लुटिएको हो । नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना लुटेराले आचार्यको साथबाट पैसा राखेको ब्याग खोसेर फरार भएका थिए । बैंकबाट पैसा झिकेर बाहिर निस्केर स्कुटरमा पैसा रहेको ब्याग राख्न खोज्दै गर्दा लुटेराले लुटेको र आफुले लुटेरा सवार मोटरसाइकलको नम्बर समेत हेर्न नभ्याएको उनले बताइन् ।

सरस्वतीले उक्त बैँकबाट नियमित रुपमा पैसा राख्ने र निकाल्ने गर्दै आएकी थिइन् । तर कार्यालय समय भएकाले आफुलाई कसैले पिछा गरिरहेको थाहा नपाएको उनले बताइन् । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको बताएको छ । यद्दपी, उनीहरु लुटेरा हुन् वा होइनन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top