१२ किलो सुनसहित काठमाडौं विमानस्थलमा एक जना पक्राउ

Posted by Nepal News on Wednesday, February 4, 2015 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट कतार एयरवेजको फ्लाइटमार्फत आएका एक नेपाली यात्रुको साथबाट १२ किलो सुन बरामद गरिएको छ । विमानस्थलको भन्सार कार्यालयले झापाका बोधराज पौडेलको लगेजबाट १२ किलो सुन बरामद गरेको हो । 

सुराकीको आधारमा पौडेलको लगेज खानतलासी गर्दा १२ किलो सुन बरामद भएको भन्सार अधिकृत योगेन्द्र ओझाले बताउनुभयो । उहाँका अनुसार पौडेल दुबईबाट दिउँसो साढे ३ बजे कतार एयरवेजको फ्लाइटबाट काठमाडौं आइपुगेका थिए । उनी विगत चार÷पाँच वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा बस्दै आएका थिए ।

बोधराजले भने उक्त सुन आफ्नो नभएको बताएका छन् । उनले कसैले सामान पुर्याउनका निम्ति झोला दिएको र झोलामा सुन भएको आफूलाई जानकारी नभएको बताएका छन् । उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top