पुगे पो दुई तिहाईको दम्भ देखाउनु : ओली

Posted by Nepal News on Thursday, February 5, 2015 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दल कांग्रेस एमालेमा बहुमतको दम्भ नभएको स्पष्ट पार्नु भएको छ । सहमति र सहकार्यका लागि आफुहरु अत्यन्तै लचिलो भएको उल्लेख गर्दै उहाँले बहुमतिय दम्भ मार्फत नभइ यो संविधानसभाले सबैलाई समेटेर संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपालको १७औं स्थापना दिवसको अवसरमा विहीबार राजधानीमा भएको कार्यक्रममा उहाँले एकीकृत माओवादीको जबर्जस्तीका अगाडि घुँडा नटेक्ने स्पष्ट पार्नुभयो । उहाँले निरर्थक र अनुचित ढंगले केही केही पक्षहरुलाई भावनामा बगाएर नेपाली समाजलाई हिंसा र मुठभेड तर्फ लान खोज्ने प्रयासहरु विल्कुल उचित नहुने बताउनुभयो । साथै अध्यक्ष ओलीले अनावश्यक कुनै व्यक्तिको उत्तेजना, आवेश र अंहकारका लागि राष्ट्रकै वातावरण बिगार्ने कामहरु गर्न नहुने उल्लेख गर्दै त्यसमा नलाग्न सबैलाई आग्रह गर्नुभयो ।


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ओलीले टाउको फुटाउने र मर्ने कुरा छाडेर सहमतिमा आउन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलन छाडेर संविधान लेखनमा जुट्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि गम्भीर हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीले यस वर्षको हदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार तीर्थ कोइरालालाई, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार गोविन्द पोखरेललाई, वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार छेटु शेर्पालाई र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार ईश्वरी जिएमलाई प्रदान गर्ने जानकारी दिइएको थियो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top