प्रेमिका भगाउन आमामाथि छुरा प्रहार

Posted by Nepal News on Saturday, January 24, 2015 0


सिरहा । सिरहाको गोलबजार नपा–६ मा एक युवकले प्रेमिकालाई भगाउन आमालाई छुरा हानेर उनकै छोरी लिएर फरार भएका छन् ।

स्थानीय गोबर्धन साहकी श्रीमती मिनादेवीलाई छुरा प्रहार गरी उनकी १५ वर्षिया छोरी ममतालाई लिएर ३५ वर्षिय महेन्द्र साह फरार भएका हुन् ।

शुक्रबार राती छुरा प्रहारबाट घाइते भएकी मिनादेवीको गोलबजारमै प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको छ । उनको गालामा धारिलो हतियारले प्रहार गरेको चोट रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

गोबर्धन र महेन्द्रले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र गोबर्धनकी छोरी ममताबीच प्रेम सम्वन्ध रहेको स्थानीयबासिन्दाले बताएका छन् । छोरी दिन नमान्दा उनले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

महेन्द्रको पहिला पनि विवाह भईसकेको छ । उनको छोराछोरी समेत छन् । ममतालाई लिएर फरार भएको महेन्द्रको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top