डिभिजन टु क्रिकेटमा नेपालको नामिविया विरुद्ध सानदार जित

Posted by Nepal News on Wednesday, January 21, 2015 0

काठमाडौं । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टु अन्तर्गत बुधबार भएको खेलमा नेपालले आयोजक नामिबिया विरुद्ध सानदार जित निकालेको छ । नामिवियाले दिएको १४३ रनको लक्ष्य ३७ ओभर ५ बालमा १४६ रन जोडेर नेपालले सानदार जित हात पार्‍यो  । 

कप्तान पारस खड्काको अलराउन्डर प्रदर्शनको मद्दतमा नेपाली टिमले नामिबियामाथि ३ विकेटको सानदार जित निकालेको हो । यो जितसँगै नेपालले डिभिजन टु मा आफ्नो स्थान कायमै राखेको छ । पारसले ५६ बलको सामना गर्दै ६४ रन बनाएपछि एक समय धरापमा परेको नेपालका लागि जितको आधार खडा भएको हो ।

सुरुवाती धक्का बेहोरेको नेपाललाई कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । नेपालका ओपनरहरु सागर पुन ७ र सुवास खकुरेल ४ रनमा आउट भएपछि क्रिजमा आएका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट साझेदारी गरेपछि नेपाल गतिलो जितको हकदार भएको हो । 

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७३ बलमा ३१ रन बनाइ क्याच आउट भए । त्यसैगरी पारसको स्थानमा आएका शरद भेसवाकर १० बलमा ७ रन जोड्दै आउट भए । आरिफ सेख १ रनमै आउट भए ।

नेपालको बलिङतर्फ करन केसीले सबैभन्दा बढी ३ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १२ रन दिए । बसन्त रेग्मी, सोमपाल कामी तथा शक्ति गौचनको खातामा दुई दुई विकेट रह्यो ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top