अच्चानक काठमाडौंको आकासमा धुँवाको मुस्लो

Posted by Nepal News on Tuesday, January 20, 2015 0


काठमाडौं । राजधानीको आकासको चौतर्फी एक्कासी धुँवाको मुस्लो देखिएको छ । लतिलपुर माथिको आकास, अनामनगर र नागार्जुन माथिको अकासलगायतका क्षेत्रमा रहस्यमय धुँवाको मुस्लो देखिएको हो ।

अनामनगरमाथिको आकासमा देखिएको धुँवाको मुस्लो सिंहदरबारको दक्षिण गेट तर्फबाट पूर्वी गेट तर्फको आकासमा फैलँदै गएको थियो । प्रत्यक्षदर्शीहरुले रकेट जस्तै बस्तु बिस्तारै आकासमा उडेको र त्यसबाट मुस्लो बिस्तारै सानो हुँदै छरिएर आकासमा फैलिएको बताएका छन् । यद्यपि, यो के भएको हो भन्नेबारेमा भने केही पनि थाहा हुन सकेको छैन ।

बिहान ११ः३० तिर देखिएको मुस्लो राजधानीको आकासमा विभिन्न ठाउँमा छरिए पनि यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । यसबारे प्रहरीसँग बुझ्दा उनीहरुले यसबारेमा अनुसन्धान भइरहेको बताएका छन् ।

बन्दको दिन राजधानीको आकासमा एक्कासी धुवाँको मुस्लो देखिएपछि मानिसहरु आश्चर्यका साथै त्रसित बनेका छन् ।
अनामनगरमाथिको आकासमा देखिएको धुँवाको मुस्लो...


 



Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top