पोखरा कप फुटबलको उपाधि पुलिसको हातमा

Posted by Nepal News on Sunday, January 18, 2015 0

pokhara_cup
पोखरा । मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पोखरा रङ्गशालामा हिजो भएको फाइनलमा ए डिभिजन प्रतिद्धन्द्धी थ्रीस्टार क्लवलाई सडन डेथमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । 

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ४९ औं मिनेटमा विक्रम लामाको गोलबाट थ्रीस्टारले अग्रता लिएकामा ८४ औं मिनेटमा गोल गर्दै भोला सिलवालले पुलिसलाई बराबरीमा ल्याएका थिए । ३० मिनेटको अतिरिक्त समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुग्यो । 

टाइब्रेकरमा ३-३ को बराबरीपछिको सडन डेथमा पुलिस अब्बल ठहरियो । सडन प्रहारमा पुलिसका अजित भण्डारीले गोल गर्दा थ्रीस्टारका किपर किरण चेम्जोङ्ग भने गोल गर्न चुके । १२ टिमले सहभागीता जनाएको प्रतियोगितामा उपाधि जितेसंगै पुलिसले तीन लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । 
pokhara_cup
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बन्दै पुलिसका भोला सिलवालले मोटरसाईकल पुरस्कार पाएका छन्  । उत्कृष्ट स्ट्राईकरमा थ्रीस्टारका सन्तोष साहुखल, उत्कृष्ट मिडफिल्डरमा पुलिसका हेमन गुरुङ, उत्कृष्ट डिफेन्समा पुलिसका दिपेन श्रेष्ठ, उत्कृष्ट गोलकिपरमा पुलिसका रितेश थापा, उत्कृष्ट प्रशिक्षकमा विराटकृष्ण श्रेष्ठ घोषित भए । 

उत्कृष्ट सबैले जनही १५ हजार रुपैयाँ जिते । प्रतियोगिताको समापन समारोहमै नेपालको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने मणि शाह, पोखरेली अग्रज फुटबलर डम्बरलाल माकाजू, सुकबहादुर गुरुङलाई सम्मान गरिएको थियो । 

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top