लामो समय संविधान नबन्दा युवाले भोगेको पीडा लघुचलचित्रमा

Posted by Nepal News on Friday, January 23, 2015 0


काठमाडौं । मुलुकमा गणतन्त्र स्थापनासागै लोकतान्त्रिक गणतान्त्रिक नयाा संविधानको पर्खाइमा नेपाली जनताले पााच वर्ष भन्दा बढी समय बिताइसकेका छन् । तर पनि नेपाली जनताले नयाा संविधान पाउन सकेका छैनन् । 

दोस्रो संविधानसभा मार्फत माघ ८ मा संविधान दिन्छौा भनेर प्रतिवद्धता गरेका दलहरुले आफैले तोकेको समय समेत त्यतिकै घर्काएका छन् । अब संविधान कहिले आउने हो अन्यौल छ । यही अन्यौलतालाई केन्द्र विन्दु बनाएर केही युवाहरुले भने लघु चलचित्र संविधान....? निर्माण गरेका छन् ।

पहिलो संविधानसभाले संविधान बनाउन नसकी चार बर्ष गुजारेपछि विघटन भयो । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचनपछि एक वर्ष भित्रमा संविधान दिने भनेर राजनीतिक दलहरुले माघ ८ को समय तोके । दलहरु आफैले निर्धारण गरेको माघ ८ पनि संविधान दिन नसकी गुज्रिएको छ । र, यति बेला यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्दै दलहरु संविधानसभामा संविधान दिने बहानामा नाराजुलुस मात्रै हैन तोडफोडमा नै उत्रिरहेका छन् । संविधान बन्ला र देशको भविष्यसागै आफुहरुको पनि भविष्य चम्केला भन्दै आशमा बसेका नेपाली जनता त्यसमा पनि युवा वर्ग वास्तवमा कति पीडित बनिरहेका छन्, सायदै राजनीतिक दलहरुले  महसुस गर्दा हुन्, तर, त्यो पीडालाई केन्द्र विन्दु बनाएर केही युवाहरुले भने लघु चलचित्र निर्माण गरेका छन्, संविधान....? 

आज समयमा संविधान नआइदिादा यति बेला देशका युवाहरु निराश भएर विदेशी भुमिमा रोजगारका लागि जान बाध्य छन् । 

हालको तथ्यांकमा हरेक दिन करिब १५,०० भन्दा बढि यूवाहरु रोजगारीका लागि विदेशीने गरेका छन् । नेपालमा राजनितिक स्थिरता नहुनु, समयमा संविधान जारी नहुनु, देशमा शान्ति सुरक्षा नहुनु, रोजगारीको अवसर नहुनु आदि इत्यादी कुराहरुले गर्दा नेपाली युवाहरु खाडी मुलुकमा आफ्नो श्रमबेच्न बाध्य भइरहेका छन् ।

सत्यराज चौलागाईाको निर्देशनमा सौर्य विक्रम थापाको प्रस्तुती रहेको लघु चलचित्र ‘संविधान...? ले देशमा संविधान नहुादा रोजगारका लागी विदेशी भूमिमा श्रमबेच्न जानु पर्ने अवस्थालाई देखाएको छ । साथै चलचित्रले देशभक्त नागरिकको धैर्यतालाई पनि गम्भिर ढंगले उठाएको छ ।

यस लघु चलचित्रमा राजिब खत्री, सन्तोष कुमार थापा, राजकुमार खाती, कैलाश लामा र मेघा केसीले अभिनय गरेका छन् । चलचित्रलाई राजकुमार खातीले लेखेका हुन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top