चार्ली हेब्डोले पैगम्बरको कार्टुन छापेपछि नाइजरमा हिंसा

Posted by Nepal News on Sunday, January 18, 2015 0

एजेन्सी । फ्रान्सेली पत्रिका चार्ली हेब्डोले पैगम्बर मोहम्मदको कार्टुन छापेको विरोधमा अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेमा भड्किएको पछिल्लो हिंसामा तीन जनाको मृत्यु भएको छ । राजधानी नियामे सहित अन्य शहरमा झण्डै आधा दर्जन चर्चमा मुस्लिम समुदायका प्रदर्शनकारीहरुले आगजनी गर्दा उनीहरुको ज्यान गएको हो । प्रदर्शनकारीले राजधानी नियामेमा मात्रै ६ वटा चर्च, केही रेष्टुरेन्ट तथा फ्रान्सेली लगानिका व्यवसायीक प्रतिष्ठानलाई निशाना बनाएका थिए ।
यसअघि नाईजरको दोस्रो ठुलो शहरमा शुक्रबार भएको प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । राजधानी नियामेको एउटा मस्जिद बाहिर प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्याँस प्रहार गरेपछि प्रदर्शनले झन उग्र रुप लिएको हो ।

गत हप्ता फ्रान्सेली पत्रिका चार्ली हेब्डोको कार्यालयमा दुई बन्धकधारीले आक्रमण गर्दा ८ पत्रकारसहित १२ जना मारिएका थिए भने अन्य आक्रमणमा पाँच व्यक्तिले ज्यान गुमाएका थिए । यसको विरोध स्वरुप चार्ली हेब्डो पत्रिकाले यो हप्ताको अंकमा प्रोफेट मुहम्मदको कार्टुनलाई कभर पृष्ठमा छापेको थियो । 
ईतिहासमै सर्वाधिक अंक विक्री भएको उक्त अंकको विरोधमा पाकिस्तान, नाईजर लगायतका केही राष्ट्रमा प्रदर्शन भईरहेको छ । फ्रान्सको पुर्व उपनिवेश रहेको नाईजरमा मस्लिम बाहुल्यता रहेको छ भने त्यहाँका अधिकांश ठुला परीयोजनाहरु फ्रान्सेली लगानिमा संचालन भईरहेका छन् ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top