विप्लब माओवादीले ग्यास डिपो कब्जा गरी सित्तैमा बाड्यो

Posted by Nepal News on Monday, January 19, 2015 0

gass_cylinder
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ललितपुरको ग्वार्कोस्थित हिमाल ग्यासको मुख्य डिपोमा ‘कब्जा गरी २ हजार ग्यास सर्वसाधारणलाई सित्तैमा बाँडेको छ ।

विप्लव माओवादीका कार्यकर्ताले झण्डै ५ हजार ग्यास सिलिण्डर सडकमा ल्याएका छन् । जसमध्ये झण्डै २ हजार सर्वसाधारणलाई निःशुल्क बाँडिएको छ ।

उक्त स्थानमा ग्यास भएर पनि लुकाएको तथा कालोबजारी गरेको आरोप लगाइएको विप्लव माओवादीको नेवाः राज्य समितिले पर्चा समेत भेटिएको छ ।

कालोबजारी गरेर ग्यास लुकाएकाले कारबाही गरिएको माओवादी केन्द्रीय सदस्य सुदीप मल्लले बताए । उनले भने ‘कालोबजारिया, तस्कर र भ्रष्टाचारीलाई अब कारबाही सुरु भयो ।’

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top