सिकार खेल्न गएका युवकको गोली लागि मृत्यु

Posted by Nepal News on Saturday, January 24, 2015 0


दोलखा । दोलखाको मिर्गे गाविसमा शुक्रबार राति शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार मिर्गे–९ यार्साका २५ वर्षीय चन्द्रबहादुर खत्रीको भरुवा बन्दुक पड्केर मृत्यु भएको हो । कालिज मार्न भनी घर नजिकैको जंगलमा गएका खत्री राति अबेरसम्म नफर्किएपछि खोजी गर्दा गोली लागेर रुखको फेदमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको छातीमा गोली लागेर ढाडबाट निस्किएको अवस्थामा भेटिएकोले थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिए ।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top